नेपाल टेलिकमको एसइई अफर सार्वजनिक

काठमाडौं। नेपाल टेलिकमले एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ। गत वर्षजस्तै टेलिकमले यस वर्षको अफर अन्तर्गत एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिम कार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो। टेलिकमले पुरानो तथा नयाँ सिममा उक्त अफर उपलब्ध हुने जनाएको छ। टेलिकमका प्रवक्ता राजेश जोशीकाअनुसार अफर भएको नयाँ सिममा बोनस अन रिचार्ज प्याकेजसमेत हुनेछ।

सम्बन्धित सामग्री

नेपाल टेलिकमले ल्यायो होली अफर, ६९ रुपैयाँमा अनलिमिटेड डाटा

होलीको अवसरमा नेपाल टेलिकमले एक अफर सार्वजनिक गरेको छ । टेलिकमले बुधबार विज्ञप्तिमार्फत अनलिमिटेड डाटासहितको ‘फागु अफर’ उपलब्ध गराएको जनाएको छ । यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमको भनाइ छ ।  यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमको भनाइ छ ।