विश्वकपमा आज पनि ४ खेल: साउदीसँग हारेको अर्जेन्टिना आज खेल्दै

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ।यसैगरी तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । आजै हुने अन्तिम खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।यसैगरी आज बिहान सम्पन्न खेलमा इङ्ग्ल्यान्ड र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका छन् । कतारको अल बायत स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका हुन् । यस बराबरीसँगै इङ्ग्ल्यान्ड र अमेरिकाले अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै राखेका छन् । समूह ‘बी’ मा रहेको इङ्ग्ल्यान्डले दुई खेलमा चार अङ्क जोडेको छ भने अमेरिकाले दुई खेलमा दुई अङ्क जोडेको छ ।

सम्बन्धित सामग्री

फिफा विश्वकपमा आज ४ खेल

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरू हुँदैछन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई खेलहरू हुनेछन् । पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछन् । यो खेलहरूबाट समूह ‘एफ’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ । दोस्रो दुई खेलमा समूह ‘ई’ मा रहेका जापान र स्पेन तथा क्रोस्टारिका र जर्मन

फिफा विश्वकप फुटबलमा आज ४ खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शनिबार ४ वटा खेल हुने भएका छन् । कतार विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का २-२ खेलहरु हुने भएका हुन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएकाे छ । ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल नेपाली समय […]

विश्वकप फुटबलमा आज ४ खेल

काठमाडौं :  विश्वकप फुटबल  अन्तर्गत आज चार खेलहरु हुँदैछन्।कतार विश्वकपमा आज समूह ई र समूह एफ को दुई दुई खेलहरु हुनेछन्।पहिलो खेलमा समूह एफमा रहेको मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। साविक उपविजेता क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ। यस्तै दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ। समूह ई मा रहेको जर्मनी र जापानबीचको खेल साँझ पौने बजे सुरु हुनेछ।विश्वकप अन्तर्गत नै आज हुने तेस्रो खेलमा स्पेन र कोस्टारिकाबीच प्र

नवौँ राष्ट्रिय खेलकुद: पुरुष क्रिकेटअन्तर्गत आज ४ खेल हुँदै

काठमाडाैँ- नवौँ राष्ट्रिय खेलकुद पुरुष क्रिकेटअन्तर्गत आज ४ खेल हुँदैछन्। खेल बिहान ९ः१५ बजेबाट कीर्तिपुर र मुलपानी क्रिकेट रंगशालामा सुरु हुनेछ। टियुमा हुने पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मी र मधेस प्रदेशबीच प्रतिष्पर्धा हुनेछ। खेल बिहान ९ः१५ बाट सुरु हुनेछ। टियुमा हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच खेल हुनेछ। यो खेल दिउँसो […]

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आज ४ खेल हुँदै

काठमाडाैँ – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष टि २० प्रतियोगिता आजबाट सुरु हुँदैछ । आज पहिलो ४ वटा खेल हुँदैछन्। जसमध्ये दुई खेल कीर्तिपुर र दुई खेल मुलपानी क्रिकेट रंगशालामा हुनेछन्। नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना हुने भएपनि पुरुष क्रिकेट भने अगाडि नै गर्न लागिएको हो। टियु क्रिकेटमा हुने उद्घाटन खेलमा […]

एनभिए भलिबल क्लबमा आज ४ खेल हुँदै

काठमाडाैँ- राजधानीमा जारी छैटौँ आरबिबी-एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा आज ४ खेल हुँदैछन्। त्रिपुरेश्वरस्थितराखेपको कभर्डहलमा शुक्रबार हुने खेलमा महिलातर्फ एक तथा पुरुषतर्फका तीन खेल हुन लागेका हुन्। महिलातर्फको खेलमा न्यु डायमण्ड स्पोर्ट्स क्लब र एपिएफ क्लबबीच बिहान१० बजे प्रतिष्पर्धा हुनेछ। त्यस्तै, पुरुषतर्फ पहिलो खेलमा हेल्प नेपाल र गल्कोट स्पोर्ट्स क्लबबीच मध्यान्ह १२ […]

प्रधानमन्त्री कप क्रिकेटमा आज ४ खेल

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय टी २० प्रतियोगितामा आज चार खेल हुँदैछन्। जसमा दुई खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा र दुई खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन्। आज कीर्तिपुरमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिहान ९ बजे प्रतिस्पर्धामा उत्रने छन्। प्रतियोगितमा आफ्नो पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई…

च्याम्पियन सलोनीको २४ घण्टामा ४ खेल

विजय नेपाली, पोखरा  ।  खेलाडीले १ खेल खेलेपछि आरामको समय भनेको थोरैमा पनि २४ घण्टा हो । लगातार खेल खेल्दा खेलाडीमा उर्जा रहँदैन । खेल स्तर घट्छ । कुनै पनि फाइनल खेल र सेमिफाइनल खेलमा खेलाडी मानसिक र शारिरीक रूपमा बलियो रहन पर्दछ । सेमिफाइनल र फाइनल खेलभनेको सामान्य हुदैँन । त्यहाँ खेलाडीले आफ्नो भएको […]

च्याम्पियन सलोनीको २४ घण्टामा ४ खेल

विजय नेपाली,पोखरा खेलाडीले १ खेल खेलेपछि आरामको समय भनेको थोरैमा पनि २४ घण्टा हो । लगातार खेल खेल्दा खेलाडीमा उर्जा रहदैन । खेल स्तर घट्छ । कुनै पनि फाइनल खेल र सेमिफाइनल खेलमा खेलाडी मानसिक र शारीरिक रुपमा बलियो रहन पर्दछ । सेमिफाइनल र फाइनल खेल भनेको सामान्य हुने कुरै भएन । त्यहाँ खेलाडीले आफ्नो […]