सरकारकाे सय दिन संविधानकाे रक्षा र नागरिककाे जीवन रक्षा गर्नमै केन्द्रित - गृह मन्त्री खाण

काठमाण्डाै – गृह मन्त्री बालकृष्ण खाणले वर्तमान सरकारको सय दिन संविधानको रक्षा र नागरिककाे जीवन रक्षा गर्नमा केन्द्रित भएको बताउनुभएको छ । आज बुधवार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खाणले विगतको सरकारले राज्य कब्जाको शैली गरेको र संविधानकाे प्रतिकूलतामा उभिएको उल्लेख गर्दै वर्तमान सरकारले सय दिनमा संविधानको रक्षा र नागरिककाे जीवन रक्षामा केन्द्रित भएको बताउनुभएको हो ।सरकार देशलाई एकदलीय कब्जाबाट मुक्त गराएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा फर्काएर ल्याउने र जनादेशलाई अगाडि बढाउने क्रममा रहेको उहा...