बार्साको च्याम्पियन्स लिगमा स्थान पक्का

जोर्डी अल्बाले इन्जुरी समयमा गरेको गोलको मद्दतले बार्सिलोनाले आगामी सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । अल्बाको गोलको मद्दतले बार्सिलोनाले रियल बेटिसमाथि २-१ को सङ्घर्षपूर्ण जित निकाल्यो ।खेलको ७६ औँ मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, लगत्तै मार्क बार्ट्राले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै अल्बाले बार्सालाई महत्त्वपूर्ण ३ अंक दिलाए । ३५ खेलबाट बार्सिलोनाको ६९ अंक रहेको छ । टोली लिगको दोस्रो स्थानमा रहेको छ ।