अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्ने पहिलो नेपालीका रुपमा इतिहास रचिसकेका नेपाली मुलका ह्यारी भण्डारीले अझ अर्को इतिहास रच्ने दौड सुरु गरेका छन् । सन् २०१९ देखि मेरिल्याण्डको राज्य संसदमा सांसदका रुपमा प्रतिनिधित्व गर्दै आएका भण्डारीले अमेरिकाको संघीय सांसदका लागि उम्मेदवारीको घोषणा गरेका छन् । मेरिल्याण्डको सेकेण्ड डिस्ट्रिक्टबाट अमेरिकाको तल्लो सदन प्रतिनिधिसभामा ११ औं कार्यकालका लागि […]