कतारमा रहेका नेपालीले दूतावासमार्फत विद्युतीय राहदानीको आवेदन दिन सक्ने, यस्तो छ प्रक्रिया

काठमाण्डौ –  कतारमा रहेको नेपाली दूतावासबाट विद्युतीय राहदानी प्रदान हुन थालेको छ । माघ २३ गतेदेखि दूतावासले विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट प्रक्रिया सफल भएको भन्दै कतारमा रहेका नेपालीले विद्युतीय राहदानीका लागि आवेदन दिन सक्ने पनि दूतावासले जनाएको छ । नेपालबाट गएको मङ्सिरदेखि नै विद्युतीय राहदानी जारी हुन थाले पनि विदेशस्थित नेपाली दूतावासबाट भने पहिलो पटक विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु भएको हो ।  दूतावासले आवश्यक प्रक्रिया पूरा गरी विद्युतीय राहदानीका लागि  आवेदन दिनक...