मधेश प्रदेशका अधिकांश मतदानस्थल 'अति संवेदनशील'

जनकपुरधाम : बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मधेश प्रदेशका अधिकांश मतदानस्थल ‘अति संवेदनशील’ सूचीमा रहेका छन्।जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले गरेको वर्गीकरण अनुसार अधिकांश मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएकाे हाे।मधेश प्रदेशमा १ हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा समावेश गरिएको छ भने संवेदनशील मतदान केन्द्र ८ सय ८८ वटा रहेका छन्।त्यस्तै, सामान्य मतदान केन्द्रको संख्या २ सय १२ रहेको मधेश प्रदेश प्रहरी कार्य