इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान

काठमाडौँ- इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको छ । अहिलेसम्म इलाम-२ मा ४२ प्रतिशत मतदान भएको छ भने बझाङ प्रदेश सभा-१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले इलाममा अहिलेसम्म ४९ हजार मत खसेको जानकारी दिएको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ...