बाढी पहिरोबाट एक महिनामा  १५ जनाको मृत्यु, ५२८ परिवार विस्थापित

मनसुन शुरु भएसँगै आएको बाढी र पहिरोबाट एक महिनामा १५ जनाको मृत्यु भएको छ । जेठ ३० देखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर १५ जनाले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट बाढीले बगाएर दुईजना चिनियाँ र एकजना भारतीय नागरिकको मृत्यु भएको छ । चिनियाँ नागरिक २२ वर्षीय गोङ्ग तियाजिओ र यु चि झूको शव फेला परेको छ । हेलम्बुबाट बेपत्ता भएका भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुली स्थित सुनकोशी नदीमा फेला परेको प्रहरी प्रवक्ता (एसएसपी) बसन्