लोसपा प्रदेश २ संसदीय दलको प्रमुख सचेतकमा परमेश्वर साह चयन

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ संसदीय दलको प्रमुख सचेतकमा परमेश्वर साह मनोनित भएका छन् । जनता समाजवादी पार्टीबाट विभाजित भएर गठन भएको लोसपाको संसदीय दलका नेता जितेन्द्र सोनलले साहलाई प्रमुख सचेतकमा मनोनित गरेका हुन् । त्यस्तै उप नेतामा रानी शर्मा तिवारी, सचेतकमा जानकी शरण साह र कोषाध्यक्षमा बबिता चौधरीलाई मनोनित गरिएको छ । लोसपासँग प्रदेश २ मा १६ जना प्रदेश सांसद छन् । पार्टी विभाजन पश्चात लोसपा प्रदेशको प्रमुख प्रतिपक्षी दल बनेको छ ।