डिल्लीबजार कारागारमा माधव नेपाल र रेशम चौधरीबीच भेटघाट

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले डिल्लीबजार कारागारमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई भेटेका छन् । शुक्रबार अपरान्ह अध्यक्ष नेपाल र चौधरीबीच भेटघाट भएको हो ।भेटमा अध्यक्ष नेपालले चौधरीको रिहाइका लागि प्रधानमन्त्रीसँग कुराकानी गर्ने आश्वासन दिएको डिल्लीबजार कारागार स्रोतले जानकारी दिएको छ । अध्यक्ष नेपालले चौधरीलाई भने, ‘तपाईँ राजबन्दी हो, तपाईँमाथि अन्याय भएको छ, यो विषयमा म प्रधानमन्त्रीसँग कुराकानी गर्छु ।’ चौधरी चार वर्षदेखि डिल्लीबजार का