अमेरिकामा रहेकी जग्गाधनीलाई थाहै नदिइ जग्गा बिक्री, कर्मचारीसहित ५ जना पक्राउ

सप्तरी – जग्गाधनीलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने कर्मचारीसहित पाँच जनालाई कैद सजाय भएको छ । राजविराज नगरपालिका ७ को करोडौँ रुपैयाँ पर्ने तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी बिक्री गर्ने कार्यमा सलंग्न मालपोत कार्यालय सप्तरीका नायब सुब्बा राजविराज ५ का सीताराम चौधरी र कार्यालय सहायक राजविराज ९ का हरिनारायण शर्मालाई बुधवार जनही ६ वर्ष कैद सजाय भएको छ । कीर्ते गरेकाेमा एक वर्ष, कर्मचारी भएकाले थप दुई वर्ष र ठगी गरेकाेमा तीन वर्ष गरी ६ वर्ष कैद सजाय भएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानक...

सम्बन्धित सामग्री

जिवित व्यक्तिको मृत्युदर्ता गरेर ७ करोडमा जग्गा बिक्रि, ५ जना पक्राउ

जिवित व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर जग्गा बेच्ने पाँच जनालाई केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरी सार्वजनिक गरेको छ ।आईतवार केन्द्रिय अनुसन्धान ब्यूरोमा पत्रकार सम्मेलन गर्दै अर्काको जग्गा बेचेको आरोपमा दार्चुला घर भई हाल काठमाडौं टोखा–८ बस्ने महावीर चन्द, सिन्धुपाल्चोक घर भई हाल ललितपुर सुनाकोठी बस्ने गणेशबहादुर खनाल, सोलुखुम्बु घर भई बुढानीलकण्ठ बस्ने बाबुराम कार्की, नुवाकोट घर भई  काठमाडौं वनस्थली बस्ने प्रेमप्रसाद खनाल र काठमाडौं तारकेश्वर घर भई वनस्थली बस्ने ममता भन्ने डासीमाया श्रेष्ठलाई सार्वजनिक गरेको छ । पक्राउ परेका व्यक्तिहरुले २४ वर्षदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा शान्तिदेवीको मृत्युदर्ता प्रमाणपत्र दर्ता गरेर जग्गा बेचेको प्रहरीले बताएको छ ।पक्राउ परेका व्यक्तिहरुले शान्तिदेवीको मृत्यु दर्ता र उनको नक्कली श्रीमान तयार गरेर जग्गा बेचेको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक श्यामकुमार महतोले जानकारी दिए । गएको जेठ ५ गते नेपाल आएकी शान्तिदेवीले मालपोत कार्यालयमा वायोमेट्रिक गर्न जाँदा आफ्नो जग्गा बिक्री भइसकेको थाहा पाएको प्रहरीले बताएको छ । पीडित शान्तीदेवीले प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । गिरोहले शान्तीदेवीको मृत्यु भएको भन्दै मृत्यु प्रमाणपत्र पेस गरेर उनका श्रीमान तारानिधि लोहनी भन्दै नक्कली श्रीमान बनाएर नामसारी गरेका थिए । नक्कली तारानिधि बनेका व्यक्तिको नामबाट २०७७ फागुन १० गते सुनिता कर्माचार्यको नाममा नामसारी भएको अनुसन्धानका क्रममा खुलेको ब्यूरोले बताएको छ । ती नक्कली तारानिधि बनेका व्यक्तिले शान्तादेवीको मृत्यु २०७७ भदौ १३ गते कालगतिले भएको र उसको हकवाला आफू श्रीमान भएको भन्दै कीर्ते कागजातहरू बनाएर २०७७ पुस १५ गते मृत्यु नामसारी गराएका थिए । जग्गाधनी शान्तिदेवी लोहनीको पक्राउ परेका महावीर चन्द जग्गाधनी शान्तिदेवी लोहनीको  नक्कली श्रीमान बनेका थिए ।यस्तो छ घटनाको विस्तृत विवरण : शान्ता देवी लोहनी सपरिवार सहित विगत २४ वर्ष देखि जापानमा बसोबास गर्ने र बेला बखतमा मात्र नेपाल आउने क्रममा मिति २०६१।१०।१३ मा जिल्ला किर्तीपुर नगरपलिका, वडा नं २ स्थित रहेको कि.नं ३४४ को क्षे.फ. ३६१.९५ वर्गमिटर भएको जग्गा खरिद गरि पुन: जापान गई १९ मे २०२२ (२०७९ /०२/०५) मा नेपाल आई मालपोत कार्यालय कलंकीमा मिति २०७९।२।१३ गते गई सक्कल पुर्जा देखाई बायोमेट्रीक प्रणाली मार्फत अभिलेखन गर्ने क्रममा मालपोत कार्यालय, कंलकीले सो जग्गा शान्ता देवी लोहनीको नामबाट मृत्यु नामसारी भई मिति  २०७७।९।१५ गते निजको श्रीमान् तारानिधि लोहनीको नाममा गएको र त्यस पश्चात पनि उक्त जग्गा निज तारानिधि लोहनीको नामबाट मिति २०७७।११।१० गते विक्री भई सुनिता कर्माचार्यको नाममा गई सकेको व्यहोरा जानकारी गराएकोले उक्त जग्गा सक्कल जग्गाधनी प्रमाण पुर्जा बिना नक्कली तारानिधी लोहनीले श्रीमती शान्ता देवी लोहनीको मिति २०७७/०५/१३ गते  कालगतिले मृत्यु भएको र निजको शेषपछिको हकवाला निजको श्रीमान् म तारानिधि लोहनी हुँ भनि शान्ता देवी लोहनीको किर्ते मृत्यु दर्ताको प्रमाणपत्र, नाताप्रमाणितको प्रमाणपत्र, तारानिधि लोहनीको नामको नक्कली नागरिकताको प्रमाणपत्र लगायतका किर्ते कागजातहरु बनाई सोही किर्ते कागजात मालपोत कार्यालय, कलंकीमा पेश गरी उक्त जग्गा मिति २०७७।९।१५ गते शान्ता देवी लोहनीको नामबाट नक्कली तारानिधि लोहनीको नाममा मृत्यु नामसारी गरी लिए पश्चात निज नक्कली तारानिधि लोहनीले सो जग्गा जिल्ला भक्तपुर, भक्तपुर न.पा. - ११ बस्ने सुनिता कर्माचार्यलाई रु ३,७०,००,०००।– (अक्षेरुपी रु तीन करोड सत्तरी लाख मात्र )  मा मिति २०७७।११।१० गते मालपोत कार्यालय, कलंकीबाट विक्री गरि सकेको हुदाँ वास्तविक जग्गा धनी शान्ता देवी लोहनीले लिखत/ ठगी सम्बन्धी कसूर मुद्दामा अनुसन्धानको लागि यस व्यूरोमा मिति २०७९ /०३/०१ गते जाहेरी दरखास्त दिए पश्चचात अनुसन्धानको क्रममा जिल्ला दार्चुला,  साविक उकु गाविस वडा नं ६ हाल मालिकार्जुन गा पा-७ घर भई हाल काठमाण्डौ जिल्ला, टोखा नगरपालिका-८ बस्ने वर्ष ५२ को महावीर चन्दले उल्लेखित आपराधिक कार्यमा प्रयोग गर्नका निमित्त आफ्नो नाम तारानिधी लोहनी उल्लेख गरि जिल्ला प्रशासन कार्यालय, लमजुङ उल्लेख गरिएको ४२५६/४०७ नं भएको किर्ते नागरिकताको प्रमाण पत्र बनाई (रु सात करोड बारबरकोको जग्गा) किर्ते गरी ठगी गर्ने कार्य  ।

७ करोडको जग्गा कीर्ते गरी बेचेको आरोपमा ५ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जग्गाधनीको मृत्यु भएको भनि नक्कली कागजात बनाएर ७ करोड रुपैयाँ पर्ने जग्गा बिक्री गर्ने ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले सो समूहले जग्गाधनी शान्तादेवी लोहनीको निधन भएको भन्दै उनको नाममा कीर्तिपुर नगरपालिका वडा नम्बर २ मा रहेको ३ सय ४१ वर्गमिटर जग्गा ३ करोड  ७० लाख रुपैयाँमा बिक्री गरेको जनाएको छ ।

जापान वस्ने मान्छेको मृत्यु दर्ता वनाएर ७ करोडको जग्गा विक्रि, ५ जना पक्राउ

जग्गाधनीको नक्कली मृत्यु दर्ता प्रमाणपत्र र नक्कली श्रीमान बनाएर कीर्तिपुरको कीर्तिपुर नगरपालिका–२ स्थित ११ आना २ पैसा जग्गा बिक्री गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दार्चुलाको साविक उकु ...