महिनावारी दिवसमा काठमाडौंमा बृहत साइकल र्याली हुने

एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौँमा बृहत साइकल  र्‍याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ १४ गते शनिबार काठमाडौंको बसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल र्‍याली गरिने भएको हो । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष ज्ञान महर्जनले एक्सपोज नेपालले ‘विद्यालयमा महिनावारी’ भन्ने सन्देशका साथ वातावरणमैत्री पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगबारे चेतना जगाउन वातावरण मैत्री सवारीको प्रयोगबाट ¥याली आयोजना गरिएको जानकारी