तानातानमा काँग्रेस : नेकपाका दुई समूह बूढानीलकण्ठ र बोहोराटार धाउँदै

काठमाडौँ । प्रतिनिधि सभा विघटनपछि सत्ता र सडकमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तानातानमा नेपाली काँग्रेस परेको छ । सत्ताको नेतृत्व गरिरहेको केपी शर्मा ओली समूह र सडक सङ्घर्षमा रहेको पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल पक्षले काँग्रेससँग सहयात्रा–सहकार्यका लागि हात फिँजाइरहेका छन् । काँग्रेसलाई सहयात्रा–सहकार्यको निम्तोसहित ओली र प्रचण्ड–नेपाल समूह काँग्रेसभित्रका शक्तिकेन्द्र धाइरहेको देखिन्छ । पार्टीमा अन्तरविरोध देखिएसँगै काँग्रेससँग सम्बन्ध विस्तारमा

सम्बन्धित सामग्री

मुख्यसचिव देउवा निवासमा

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको फैसलाअनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि बैरागी केही बेरअघि बूढानीलकण्ठ पुगेका हुन् । काँग्रेस सहमहामन्त्री सुनील थापाले प्रधानमन्त्रीलाई आवश्यक प्रशासनीय काम कारबाहीबारे ब्रिफिङका लागि उनी देउवा निवास पुगेको जानकारी दिए ।

देउवाले सिटौलालाई बोलाए बूढानीलकण्ठ

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता हुँदैछ । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार आज दिउँसो तीन बजे देउवा र सिटौलाबीच बूढानीलकण्ठमा छलफल हुन लागेको हो ।पार्टीको राष्ट्रिय राजनीति र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न देउवाले सिटौलालाई आफ्नो निवासमा बोलाएको बुझिएको छ ।शुक्रबार संस्थापन इतर पक्षमा सभापति आकांक्षी देखिएका नेताहरुबीच छलफल भएपछि देउवाले आज सिटौलासँग संवाद गर्न खोजेको देखिन्छ । देउवा भर्सेस संस्थापन इत्तर पक्षको एकल उम्

बूढानीलकण्ठ बैठक सकियो, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो ।बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको हिजोको आह्वानका विषयमा छलफल केन्द्रीत भएको बताए । उनले कसरी अघि बढ्ने भन्नेबारे विभिन्न विकल्पमा छलफल भएको र अबको एक आधा घण्टामै उपयुक्त निर्णय लिइने प्रतिक्रिया दिए ।यस्तै बैठकमा जसपाको उपेन्द्र यादव समूहको समेत सहभागिता रहेको थियो ।काँग्रेसले राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्

माधव नेपाल पनि पुगे बूढानीलकण्ठ

एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी ओलीविरोधी छलफलमा सहभागी भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निमन्त्रणामा नेपाल छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन् । यसअघि नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बूढानीलकण्ठ पुगिसकेका  छन् । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि भएको आव्हानपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफलका लागि प्रचण्डसहित माधव नेपाल र  उपेन्द्र यादव लगायतलाई पनि बोलाएका हुन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आव्हानलाई असंवैधानिक भनेको छ ।

ओलीले जेठ १५ अगावै संसद विघटन गर्ने बूढानीलकण्ठ बैठकको आँकलन

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष) का नेताहरुले शुक्रबार बिहान देउवा निवास बूढानीलकण्ठमा भेला भएर पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरेका छन् । तीन दलका नेताहरुको बैठकले अब केपी ओलीले संसद विघटन गर्न सक्ने विश्लेषण गर्दै तीन दलीय सहकार्यलाई निरन्तरता दिने निर्णय गरेका छन् ।काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा सभापति देउवासहित माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता थियो ।बूढानीलकण्ठ बैठकको वि

बूढानीलकण्ठ वार्ता विफलः महन्थद्वारा देउवाको प्रस्ताव अस्वीकार

नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षबीच बिहीबार भएको वार्ता विफल भएको छ । वार्ताका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रहलाई ठाकुरले अस्वीकार गरेका हुन् । देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा जसपा अध्यक्ष ठाकुरले आफूहरु सरकार निर्माणको दौडमा नरहेको कारण कुनै प्रकारको सहयोग नहुने बताएका थिए । जसपा नेपालले राखेको माग कहीँबाट पुरा नहुने देखेर आफूहरु तटस्थ बस्ने निर्णय गरेको कारण सत्ता समीकरणमा जसपाको कुनै भू

ओली देउवा निवास बुढानिलकण्ठ पुगे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । ओली केहीबेर अगाडि मात्र देउवा निवास पुगेका हुन् । उनी एमालेका केही नेतासहित त्यहाँ पुगेको छन् । अहिले उनीहरु बिच छलफल जारी छ ।

सत्ता सहकार्यबारे काँग्रेस र जसपाका शीर्ष नेता छलफलमा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी (जसपा)का शीर्ष नेताबीच वार्ता शुरू भएको छ । सम्भावित सत्ता समीकरणबारे सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा नेताहरुबीच छलफल जारी छ । जसपाबाट बाबुराम भट्टराई , महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो र काँग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी छन् ।जसपाका नेतासँगको छलफलअघि काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीबीच पनि छ

बालुवाटारमा बैठकअघि बाबुराम र उपेन्द्रले भेटेका थिए देउवा

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । यादव र भट्टराई काँग्रेस सभापति देउवा भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए । भेटमा सत्ता नयाँ सरकार गठनका विषयमा सामान्य छलफल भएपनि ठोस कुनै सहमति भने नभएको बूढानीलकण्ठ स्रोतले जनाएको छ । यद्यपि बालुवाटारमा जसपा र एमालेबीचको छलफलअघि भएको सो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सो छलफलपछि यादव एमालेसँग छलफलका लागि बालुवाटार पुगेका थिए भने भट्टराई चाहिँ सहभागी भएनन् । भट्टरा...