सन्राइज क्यापिटलको निःशुल्क डिम्याट खाता

सन्राइज क्यापिटलले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।क्यापिटलले ‘नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउने उद्वेश्यसहित १६ जेठदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाताखोल्न सकिने सुविधा ल्याएको हो ।यो सुविधा तथा अभियानबाट विशेषत पुँजी बजार बाहिर रहेका गृहणी, विद्यार्थी तथा नयाँ लगानीकर्तालाई फाइदा पुग्नुका साथै सर्वसाधारणमा डिम्याट खाताको […]

सम्बन्धित सामग्री

सन्राइज क्यापिटल र समाज डेन्टलबीच सम्झौता

सन्राइज र माज डेण्टल हस्पिटलबीच सम्झौता भएको छ । सम्झौतासँगै दुवै संस्थाका ग्राहकले एकअर्काले दिएका सेवामा छुट दिनेछन् । सो सम्झौतामा सनइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ तथा समाज डेण्टल हस्पिटलका म्यानेजिङ्ग डाइरेक्टर शंखु घिमिरेले हस्ताक्षर गरेका छन् । क्यापिटलले डेन्टलका कर्मचारी तथा ग्राहकको निःशुल्क डिम्याट खाता खोल्नुका साथै पोर्टफोलियो सेवामा इन्ट्रि लोड शुल्कमा […]

डिम्याट खाता खोलेर शेयर अभौतिकिकरण गर्न अपर तामाकोशीको आग्रह

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले स्थानीय शेयरधनीहरुलाई हितग्राही (डिम्याट) खाता खोली शेयर अभौतिकिकरण गर्न आग्रह गरेको छ । हालसम्म पनि उल्लेख्य संख्यामा शेयरधनीहरूले डिम्याट खाता उपलब्ध गराई शेयर अभौतिकिकरण गर्न बाँकी रहेको हुँदा यथाशिघ्र शेयर अभौतिकिकरण गर्नको लागि कम्पनीले आग्रह गरेको हो।कम्पनीले दोलखा जिल्लाका स्थानीय बासिन्दाहरूको लागि बाँडफाँड गरिएको शेयर, भौतिक प्रमाणपत्र वितरण नगरी शेयरधनीहरूको सुविधाको लागि सोझै सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा हुने गरी अभौतिकिकरण गरिने जनाएको छ । शेयर डिम्याट खातामा अभौतिकिकरण पश्चात् मात्र शेयर खरीद बिक्री गर्ने सुविधा प्राप्त गर्नका साथै भविष्यमा वितरण गर्ने बोनस शेयर तथा अन्य सुविधाहरू हितग्राही खातामा जम्मा हुने छ।कम्पनीको शेयर रजिष्ट्रार सन्राइज क्यापिटल लिमिटेडबाट २०७९ आषाढ मसान्त सम्म निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गरिएको हुँदा हितग्राही खाता खोली अभौतिकिकरण गर्न बाँकी रहेका आयोजना प्रभावित स्थानीय शेयरधनीहरू लगायत सम्पूर्ण शेयरधनीहरूले यथासक्य २०७९ आषाढ मसान्तसम्म निःशुल्क खाता खोली शेयर अभौतिकिकरण गर्न समेत कम्पनीले आग्रह गरेको छ ।