कालीमाटी बजारको भीड नियन्त्रणमा चुनौती, आलोपालो वा जोरबिजोर प्रणालीमा जाने तयारी

काठमाण्डाै - कोरोना सङ्क्रमण बढिरहे पनि काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमा भीड कम हुन सकेको छैन । कालीमाटीमा भीड नियन्त्रण गर्न भन्दै केही समय अघिदेखि खुद्रा बजार बन्द छ । तर, पनि भीड कम हुन सकेको छैन । तरकारी बजारमा भीड नियन्त्रण गर्न कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई चुनौती बढेको छ  ।  बजारमा हुने गरेको भीड नियन्त्रण गर्न समितिले दिनहुँ छलफल थालेको छ । बजारमा जोरबिजोर प्रणालीमा लागू गर्ने वा आलोपालो प्रणालीमा जाने भन्ने विषयमा छलफल भइरहेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले ज...