विराटनगरमा माधव पक्षले गठन गर्‍यो अखिल फोर्स

नेकपा एमालेको माधवकुमार नेपाल समूहले  शनिबार विराटनगरमा महानगरस्तरीय अखिल फोर्स गठन गरेको छ । विराटनगर-२ तीनपैनीमा रहेको पार्टी कार्यालयमा रोहित गौतमको संयोजकत्वमा ५१ सदस्यीय महानगरस्तरीय अखिल फोर्स गठन गरेको हो ।  अखिल फोर्स विराटनगरको सहसंयोजकमा बिक्रम सिंह रहेका छन् ।   मोरङमा एमालेका दुईवटै समूहले समानान्तर गतिविधिहरूलाइ तीव्र बनाउँदै आएका छन् ।  यता नेताहरूले भने समानान्तर नभइ पार्टीका गतिविधि तथा संगठन बनाउन थालेको बताएका छन् । माधव पक्षले मोरङका १७ वटै स्थानीय तहमा...