हेटौँडाबाट काठमाडौँ आइरहेको पिकअप भ्यान दुर्घटनामा पर्दा चारको ज्यान गुम्यो

मकवानपुर— मकवानपुरको इन्द्रसरोवरमा शनिबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा चार जनाको ज्यान गुमेको छ भने दुर्घटनामा चार घाइते भएका छन्। ज्यान गुम्ने तथा घाइतेहरुको अहिलेसम्म पहिचानको नखुलेको मकवानपुर प्रहरीले जनाएको छ। हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको पिकअप भ्यान शनिबार साँझ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२ सिमखोलामा पुलको बारमा ठोक्किएर दुर्घटनामा परेको हो।