एक वर्षमा नेपालबाट दुई खर्बभन्दा बढीको वस्तु निर्यात, व्यापार ४२ प्रतिशतले वृद्धि

गत आर्थिक वर्ष २०७८–७९ मा नेपालको निर्यात व्यापार ४१.७४ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालले विभिन्न देशमा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।