स्वास्थ्य क्षेत्रको सुधारका निम्ति सबैको सहयोग अपरिहार्य छ : मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सबैको सहयोगको अपेक्षा गरेका छन्। बुधबार आयोजित मकवानपुरे समाज काठमाडौंको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकार प्रयासरत रहे पनि सरकार एक्लैले मात्रै सुधार गर्न गाह्रो हुने बताउँदै सहयोगका निम्ति सबैलाई आग्रहसमेत गरे ।  मन्त्री खतिवडाले भने, “सरकारले समग्र स्वास्थ्य सुधारका निम्ति कटिबद्ध भएर काम गरिरहेको छ, हामीले थालेको प्रयासमा सबैको साथ र सहयोगको अप