नागरिकतासम्बन्धी विधेयक छिटोभन्दा छिटो पारित गर्नुपर्ने सांसदहरूको माग

काठमाडौँ- सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरूले  नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग गरेका छन्। सभाको आजको बैठकको सुरुमै दलीय आधारमा बोल्दै नेकपा (एमाले) का सांसद खिमलाल भट्टराइले भने, “नागरिकताको विषय धेरै गम्भीर विषय हो, यसलाई द्रुत गतिबाट छिटो टुङ्ग्याउनुपर्छ, राष्ट्रिय सभाबाट छिटोभन्दा छिटो पास गर्नुपर्छ, सरकार यसमा गम्भीर बन्नै पर्छ ।” सबै राजनीतिक पार्टीको राजनीतिक […]