काठमाडौं महानगरपालिकाको यो क्षेत्रमा आज यातायात अवरुद्ध हुने

काठमाडौं महानगरपालिकाले नानिचा याः रथ यात्राको अवसरमा महानगरको भित्री क्षेत्रमा यातायात अवरुद्ध हुने जनाएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै नरदेवी, किलाघः, मखन, हनुमान ढोका क्षेत्र परिसर, भेडासिंहलगायतका क्षेत्रमा यातायात अवरुद्ध हुने जानकारी दिएको हो । नानिचा याः इन्द्रजात्राको रथयात्राको अन्तिम दिन मनाउने गरिन्छ  । सूचनामा जात्रा अवधिभर यातायात प्रवेश निषेध गरिएको उल्लेख छ ।