लुम्बिनी प्रदेशसभामा सोमबारदेखि बजेटमाथिको छलफल अगाडि बढेको छ । विपक्षी दलको विरोधका बीच पनि सभामुख तुलाराम घर्तीले सोमबारको बैठक सञ्चालन गर्दै बजेटमाथिको छलफल अगाडि बढाउनुभएको हो । सभामुखले छलफल अगाडि बढाए पनि प्रतिपक्ष दलका प्रदेश सदस्यहरूले ‘रोष्ट्रम’ अगाडि उभिएर विरोध जनाएका थिए । बैठकमा अर्थमन्त्री धनबहादुर मास्कीले आगामी आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका …