पोखरा: कोरोनाले गण्डकी प्रदेश आक्रान्त छ। कोरोनासँगै प्रदेशमा राजनीतिक गर्मी पनि चरम विन्दुमा छ। वैशाख २ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशको राजनीतिले ट्वीस्ट एण्ड टर्न लिइरहेको छ।
बुधबार विपक्षी गठबन्धनले नयाँ सरकार गठन गर्न बहुमत पुर्याउन सकेनन्। संविधानको धारा १६८ (२) बमोजिम कांग्रेस संसदीय दलका नेता…