गोरखाको शहीद लखन गाउँपालिकाका घरघरमा अरिङ्गाल पालन, लार्भा बेचेर मनग्य आम्दानी

गाेरखा – अरिङ्गालले मानिस र अन्य घरपालुवा जनावरलाई चिलेर बिरामी बनाएको र कतिपय अवस्थामा मान्छेको ज्यानैसमेत गएको हामीले देख्दै/सुन्दै आएका छौँ । मौरी तथा अरिङ्गालका खिलमा मेलिटिन र एपामिन नामक पदार्थ रहेको हुन्छ । मेलिटिन विषालु पदार्थ भएकाले मानिस वा अन्य जन्तुको कोषलाई छेड्ने र मार्ने काम गर्छ भने एपामिन रक्तनली हुँदै दिमागसम्म पुग्ने र रक्तसञ्चारमा अवरोध गर्ने अनुसन्धानहरूमा पाइएको छ । निकै आक्रामक, समूहमा बस्ने र कसैले हमला गरेको भेउ पाएमा सामूहिकरूपमै चिलेर प्रतिकार गर्ने स्वभावको अरिङ्गालको बथानलाई घर छे...