काठमाण्डाै – १९ वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलकाे सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएकाे छ ।आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाल पेनाल्टी शुटआउटमा भारतसँग ३–२ गाेलले पराजित भयाे । निर्धारित ९० मिनेटकाे समयमा १–१ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।अब भारतले फाइनलमा पाकिस्तानसँग खेल्नेछ । फाइनल खेल शनिवार हुनेछ ।