सुर्खेत। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य-सचिवका लागि तीनजनाको नाम सिफारिस गरिएको छ। सामाजिक विकास मन्त्रालयका सचिव धोलकराज ढकालको संयोजकत्वमा रहेको सिफारिस समितिले शनिबार तीन जनाको नाम सिफारिस गरेको हो। यसअघि पुस ३० मा समितिले १० जनाको प्रारम्भिक सूची (सर्टलिस्ट) गरेको थियो। तीमध्येबाट रवीन्द्र चन्द‚ दीपक हमाल र प्रमोद हमालको नाम मन्त्रालयलाई सिफारिस गरिएको हो। […]
गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका रचना रिमाल भोलिपल्ट नेपालगञ्जमा आयोजित प्रादेशिक महोत्सवमा पुगिन्। त्यसलगत्तै आज उनले नुवाकोटको खेलकुद, सांस्कृतिक तथा पर्यटन महोत्सवमा साङ्गीतिक प्रस्तुति दिइन् । गत पुस २२ गते बागलुङ महोत्सवमा प्रस्तुति दिएकी रिमाल त्यसयता लगातार व्यस्त छिन् । यसबीचमा उनले गोरखा महोत्सव, चितवनको रत्ननगर महोत्सव, दाङको घोराही महोत्सवलगायत […]
३ माघ, काठमाडौं । केलिएन एमबाप्पे र राउल असेन्सियोले दोस्रो हाफमा गरेको गोल मद्तमा रियल मड्रिडले स्पानिस ला लिगामा शनिबार लेभान्ंटेलाई २-० ले पराजित गरेको छ ।
घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियललाई पहिलो हाफमा भ्रमणकारी टोलीले …
सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा हुने प्रतिनिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ । कैलालीका निर्वाचन क्षेत्र नं २ र ५ बाहेक अन्य सबै क्षेत्रमा उम्मेदवारको टुङ्गो लागेकोे पार्टीका प्रदेश सचिव जनक बुढाले जानकारी दिए । उनका अनुसार कैलाली निर्वाचन क्षेत्र नं १ मा रामलाल […]
काठमाडौँ। आसन्न प्रतिनिधिसभा निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए/गरेका कामबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ। मन्त्री अर्यालले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीसँग आज (शनिबार) आयोगको कार्यालय पुगेर छलफल गरेका हुन्। त्यस अवसरमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगबाट स्वीकृत कार्यतालिकाअनुसार निर्वाचनको काम नियमित र तालिका भइरहेको जानकारी गराए। उनले निर्वाचन अधिकृतका […]