१ मेगावाटभन्दा सानो आयोजना 'शुभम पावर' को आईपीओ बुधवारदेखि विक्रीमा, कस्तो छ कम्पनी ?

काठमाडौं । शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । सर्वसाधारणभन्दा अघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ । आयोजना प्रभावित स्थानीयमा वितरण हुन नसकेको १ लाख ८० हजार ५८० कित्ता शेयरसमेत सर्वसाधारणमा थप गरी विक्री गर्न लागिएको छ । स्थानीयमा वितरण हुन नसकेको शेयरसमेत थप हुँदा सर्वसाधारणको भागमा कुल ५ लाख ८० हजार ५८० कित्ता शेयर परेको छ । कुल कित्ता शेयरमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा र ५ प्रतिशत सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीमा ५८ हजार ५८ कित्ता र सामूहिक लगानी कोषमा २९ हजार ३० कित्ता शेयर वितरण गरिएको हो । अब ११ हजार ६१० कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ४ लाख ८१ हजार ८२२ कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री हुनेछ । कम्पनीको आईपीओमा आवेदन गर्ने अवधि माघ २२ गतेसम्म तोकिएको छ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा फागुन ३ गतेसम्मका लागि विक्री अवधि लम्बिने बताइएको छ । सर्वसाधरणका लागि आईपीओ विक्री खुला गर्दा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेकाले यो आईपीओ छिटो अवधि माघ २२ गतेसम्म मात्र विक्रीमा रहने सम्भावना धेरै छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म खरीद माग गर्दै आवेदन दिन सक्नेछन् । आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।  आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । केयर रेटिङ नेपालले केयर एनपी ट्रिपल ए इस्युअरदेखि केयर एनपी डी इस्युअरसम्मको रेटिङ प्रदान गर्ने गर्दछ । जसमा ग्रेड केयर एनपी ट्रिपल ए इस्युअर रेटिङले बलियो आधारको संकेत गर्दछ भने ग्रेड केयर एनपी डी इस्युअर रेटिङले कमजोर आधारको संकेत गर्दछ ।  कम्पनीको परिचय यो कम्पनी २०६१ साल असार २६ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई समेत समट्ने उद्देश्यले २०७२ साल पुस १४ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भई सञ्चालनमा रहेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमा रहेको छ भने जलविद्युत् उत्पादन केन्द्र संखुवासभा जिल्लाको चैनपुरमा रहेको छ । कम्पनीमा ४० जना संस्थापकहरूको लगानी रहेको छ । कम्पनीका संस्थापकहरू विद्युत्, बैंक तथा वित्तीय क्षेत्र, स्वास्थ्य, शैक्षिक क्षेत्र एवं व्यापार व्यवसायको साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दख्खल भएका प्रतिष्ठित व्यक्तिहरू रहेका छन् । यस कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका–९ स्थित पिलुवा खोला साना जलविद्युत् आयोजनाबाट ९९० किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । यो आयोजना निर्माण सम्पन्न भई २०६८ साल साउन १ गतेबाट व्यापारिक उत्पादन हुँदै आएको छ । यस आयोजनाको कुल लागत  १४ करोड ३९ लाख ९० हजार रूपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत  १४ करोड ५४ लाख ४५ हजार रूपैयाँ रहेको छ । पूँजी संरचना २० करोड रूपैयाँ अधिकृत पूँजी रहेको कम्पनीको जारी पूँजी पनि २० करोड रूपैयाँ नै रहेको छ । हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी १४ करोड कायम रहेको छ । संस्थापकतर्फ कुल जारी पूँजीको ७० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारण शेयरधनीतर्फ आयोजना प्रभावित स्थानीयमा शून्य दशमलव ९७ प्रतिशत र कर्मचारीसमेत सर्वसाधारणमा २९ दशमलव शून्य ३ प्रतिशत शेयर वितरण हुनेछ । कम्पनीले सर्वसाधारणमा बाँकी शेयर जारीपछि चुक्तापूँजी २० करोड रूपैयाँ कायम हुनेछ । आईपीओ निष्कासनमार्फत प्राप्त हुने रकम कम्पनीले आयोजना निर्माणका लागि लिएको दीर्घकालीन कर्जा भुक्तानीको लागि प्रयोग गर्ने बताएको छ । वित्तीय अवस्था २०६८ साल साउन १ गतेदेखि व्यापारिक उत्पादन शुरू गरेको कम्पनी अझै सञ्चित नोक्सानीमा रहेको छ । आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी १ करोड ८० लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । वास्तविक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ८८ रूपैयाँ ४८ पैसा छ । चालू आर्थिक वर्ष ०७९/८० मा भने कम्पनीले सञ्चित नोक्सानी घटाएर ९१ लाख रूपैयाँमा झार्ने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष ०८०/८१ मा भने कम्पनीले २९ लाख ९३ हजार रूपैयाँ सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।  सञ्चालक समिति  सात सदस्यीय सञ्चालक समिति रहने व्यवस्था कम्पनीको नियमावलीमा रहे पनि हाल कम्पनीमा चार सदस्यीय सञ्चालक समिति रहेको छ । अध्यक्षमा मित्रलाल श्रेष्ठ रहेका छन् । सिभिल बैंकमा चार वर्ष सञ्चालक भई काम गरेका श्रेष्ठसँग वैदेशिक संस्था सीबीएममा तीन वर्ष, डीएफआईडीमा १३ वर्ष र जाइकामा चार वर्ष काम गरेको अनुभव छ । कम्पनीको सञ्चालकमा सुभाष अमात्य, दिनेश गुरुङ्ग र मन्जु सिंह रहेका छन् ।  पहिलो कारोबारका लागि कति पाउला मूल्य रेञ्ज ? प्राथमिक बजारमा विक्री भएको शेयर कारोबारका लागि धितोपत्र दोस्रो बजारमा सूचीकृत हुनुपर्दछ । धितोपत्र दोस्रो बजार सञ्चालन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको शेयर सूचीकृत भएपछि पहिलो कारोबारका लागि मूल्य तोक्ने गर्दछ । नेप्सेले कुनै पनि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि तोक्ने व्यवस्था छ । यसर्थ यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा प्रतिकित्ता न्यूनतम ८८ रूपैयाँ ४८ पैसादेखि अधिकतम २६५ रूपैयाँ ४४ पैसासम्मको मूल्य रेञ्ज नेप्सेले पहिलो कारोबारका लागि तोक्न सक्ने देखिन्छ ।

सम्बन्धित सामग्री

घोराही सिमेन्टको आईपीओ बाँडफाँट

घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । आइतबार बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा आवेदन दिने कुल पाँच लाख ५७ हजार ७०१ जनाले आईपीओ प्राप्त गरेका छन् । जसमा १० देखि ७० कित्तासम्म आवेदन दिने सम्पूर्णले आईपीओ पाएका छन् । ८० देखि ३० […]

अन्नपूर्ण केवलकारले आईपीओ जारी गर्दै

अन्नपूर्ण केवलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। आईपीओ निस्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा क्यापिटललाई नियुक्त गरिएको छ।...

सिटी होटलको आईपीओ खुल्यो

२५ वैशाख, काठमाडौं । सिटी होटल लिमिटेड (हायात प्लेस) ले प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ । कम्पनीले २५ वैशाख सोमबारदेखि आईपीओ निष्कासन खुला गरेको हो । होटलले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ६७ […]

मेन्छियाम हाइड्रोपावरले आईपीओ खुल्दै

काठमाडौं– मेन्छियाम हाइड्रोपावरले आगामी ४ वैशाखदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि उक्त आईपीओ बिक्रीमा ल्याएको हो । हाइड्रोपावरले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो । यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी […]

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो । यो कम्पनीको एक लाख ६९ हजार ७६० कित्ता आईपीओ दुई लाख १६ हजार ९७६ जनाले प्राप्त गरेका हुन् । तीमध्ये पाँच जनाले थप एक/एक कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । १६ हजार ९७६ […]

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

२८ फागुन, काठमाडौं । आत्मनिर्भर लघुवित्तले सर्वसाधारणका लागि जारी गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । आईपीओ निष्कासनका लागि नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले आइतबार आईपीओ बाँडफाँट गरेको हो । लघुवित्तले सर्वसाधारणका लागि ११ फागुनदेखि १५ फागुनसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ६९ हजार ७६५ कित्ता […]

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । यो कम्पनीको आईपीओ दुई लाख २६ हजार ४६५ जनाले २२ लाख ६४ हजार ६५५ कित्ता प्राप्त गरेका हुन् । आईपीओ प्राप्त गर्नेमध्ये पाँच जनाले थप एक/एक कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् भने […]

म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने

काठमाडौं । ३० वर्ष लामो सांगीतिक इतिहास बोकेको कम्पनी म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै आईपीओ निष्कासन सम्बन्धमा एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवासँग निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता भएको जनाएको छ । आईपीओ निष्कासनसँगै म्युजिक नेपाल मुलुकको पहिलो संगीत क्षेत्रको कम्पनी बन्नेछ । ‘जसले गर्दा […]

पाँच कम्पनीको आईपीओ निष्कासन हुँदै

काठमाडौं, माघ ७। सेयर बजार उकालो लागिरहेकै बेला पाँचवटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ । बोर्डले पाँचवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिनेगरी अन्तिम प्रक्रिया टुंग्याएपछि साना लगानीकर्ता हौसिएका छन् । बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज निलम्बनमा परेपछि धितोपत्र बोर्डले आईपीओ निष्कासनका […]

सामलिङ पावरको आईपीओ आजदेखि

सामलिङ्ग पावर कम्पनीले जारी गर्न लागेको स्थानीयका लागि साधारण शेयर (आईपीओ) का लागि शुक्रबारदेखि आवेदन खुला हुने भएको छ । कम्पनीले आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।यसअघि २२ साउनदेखि नै आईपीओ जारी गर्ने भनिए पनि समयमा आईपीओ खुला हुन सकेको थिए । आईपीओ प्रतिसेयर १०० अंकित मूल्यका ५ लाख […]