काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नागरिकप्रतिको जिम्मेवारी निभाउने विषयमा राज्य असफल भएको बताएका छन्।
नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको मृत्युपछि महानगर प्रमुख साहले सामाजिक सञ्जालमार्फत् नागरिकप्रतिको जिम्मेवारीमा राज्य चुकेको बताएका हुन्।
सामाजिक सञ्जालमा लेख्दै उनको आत्मदाहले सबैभन्दा भयानक संकेत राज्य चरम असफलताको भएको टिप्पणी गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सब...