रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा बिवाद

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको  मतगणनामा  कर्मचारीले बदमासी गरेको भन्दै बिवाद भएको छ  । नगरपालिकाको वार्ड  नम्बर २ को मतगणना गर्दा  कर्मचारीले ६९ लाई ९५  टिपाएपछि  बिवाद भएको हो ।बिवाद पछि सर्वदलीय बैठकले  तिलोत्तमा नगरपालिकाका कर्मचारी बाहेक अन्य कर्मचारी राखेर मतगणना गर्ने सहमति भएको छ । निर्वाचन अधिकृत माधव  लोहनीले नगरपालिका वाहेक अन्य कर्मचारी राखेर  मतगणना गर्ने तयारी भएको रातोपाटीलाई बताए । उनले कर्मचारीको गल्ती भेटिएपछि अन्य कर्मचारी र

सम्बन्धित सामग्री

टाइगर प्यालेस दुई महिनाभित्र पूर्ण सञ्चालनमा आउने

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित टाइगर प्यालेस रिसोर्ट नयाँ व्यवस्थापनसहित दुई महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । यसअघि सिल्भर हेरिटेज गु्रपले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेजमार्फत सञ्चालन गर्दै आएको थियो ।...

तिलोत्तमा नगर प्रमुखमा कांग्रेसका खाण र उपप्रमुखमा एमालेकी चौधरी निर्वाचित

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाण र उपप्रमुखमा एमालेकी जागेश्वरी देवी चौधरी विजयी भएकी छन्। गठबन्धनबाट उम्मेदवार बनेका खाण ७६५ मतान्तरले विजयी भएका हुन्। कांग्रेस रुपन्देहीका सभापतिसमेत रहेका खाणले २४ हजार ३९६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहन चापागाईंले २३…

पूर्वप्रधानमन्त्री ओलीले गरे तिलोत्तमा टावरको उद्घाटन

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)मा निर्मित तिलोत्तमा बहुउद्देश्यीय टावरको पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।  तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन...

तिलोत्तमा नगरपालिकालाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण

रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित नगरपालिका बनेको छ । कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पुरा गरी युनाइटेड एग्रिडेशन फाउण्डेसन (युएएफ) अमेरिकाले नगरपालिकालाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित गरेपछि  आज आयोजित  एक कार्यक्रमा आइएसओ सर्टिफिकेशन नेपालका निर्देशक सुदिप शर्माले नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई प्रमाणपत्र प्रदान  गरेका  छन् ।निर्देशक शर्माले नगरपालिकाले गरेको कार्यसम्पादनका आधारमा गरिएको अनुगमनबाट सो प्रमाणपत्र प्रदान गरिएको बता

रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रविधिमैत्री बन्दै, सेवाग्राहीलाई सहज

रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नं. ८ की बेल कुमारी गौतमले हालै आफ्नो नाममा रहेको तीन ठाउँको जग्गाको कर इ-सेवाबाट तिरेकी छन् । उनले घरमै बसेर  नगरपालिकाका लागि कति कर लाग्छ भन्ने स्पष्ट रुपमा हेरिन् र १३ सय ६ रुपैयाँ नगरपालिकामा जम्मा गरिदिएकी हुन् ।उनले भनिन्, ‘रकम कति लाग्छ, जग्गाको विवरण हानेपछि हेर्न मिल्ने रहेछ । अनि नगरपालिका जाने फुर्सद पनि थिएन, घरमै बसेर ई सेवामार्फत् रकम तिरेँ ।’ उनले कोरोना बेला कर तिर्न भन्दै भिडभाड गर्न भन्दा घरबाटै सहज रुपमा रकम पनि तिर्

तिलोत्तमा नगरपालिका बालमैत्री नगर घोषित

२९ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका बुधबार बालमैत्री नगर घोषित भएको छ । रुपन्देहीका १६ स्थानीय तहमध्ये तिलोत्तमा पहिलो बालमैत्री नगर घोषित भएको हो । लुम्बिनी प्रदेशकै नवलपरासी पश्चिमको सुनवल नगरपालिका भने दश वर्षअघि नै नेपालको पहिलो बालमैत्री नगरपालिका भइसकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन […]

फर्निचरमा आगो लाग्दा २ करोड बढीको क्षति

रुपन्देहीको तिलोत्तमा नगरपालिका पत्थरडाँडामा रहेको एक फर्निचरमा आगोलागी भएको छ ।

रुपन्देहीमा फर्निचर उद्योगमा आगलागी

२५ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका पत्थरडाँडास्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिका–१३ पत्थरडाँडामा रहेको कनौजे ट्रेडर्स फर्निचर उद्योग र उद्योगको शोरुममा बिहीबार साँझपख आगलागी भएको हो । चार वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।आगलागीबाट तयारी फर्निचर र उद्योगमा रहेका काठ जलेर नष्ट प्रहरीले जनाएको […]

लुम्बिनी प्रदेश : पहिलो पटक रुपन्देहीको तिलोत्तमामा ‘ट्राफिक लाइट’ जडान

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामको सडकमा ट्राफिक लाइट जडान भएको छ। तिलोत्तमाले जडान गरेको ट्राफिक लाइट लुम्बिनी प्रदेशमै पहिलो ट्राफिक लाइट हो। तिलोत्तमा नगरपालिकाको लागत र प्रयासमा नगरको सर्वाधिक सवारी चाप हुने मणिग्राम चोकमा ट्राफिक लाइट जडान भएको हो। तिलोत्तमा नगरपालिकाले नगर क्षेत्र भएर गएको बुटवल भैरहवा व्यापारिक मार्गको…