के हो शनिवार संसदमा पेश हुन लागेको आर्थिक सर्वेक्षण, के के हुन्छन् समावेश ?

प्रतिनिधिसभामा शनिबार आर्थिक वर्ष २०७८÷७९ को आर्थिक सर्वेक्षण पेश हुने भएको छ । बैठकमा आजका लागि नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका कारण पेश हुन पाएन ।आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम छ । यही जेठ १५ गते सङ्घीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पेश गर्ने छन्। गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।के हो आर्थिक सर्वेक्षण ?बजेट सार्वजनिक गर्नु भन्दा एक वा २ दिन अगाडी आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गरिएको छ  ।  आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्मको प्रमुख आर्थिक गतिविधि , समग्र आर्थिक स्थिति, प्रमुख आर्थिक सूचक तथा परिसूचकहरुको अवस्था र विश्लेषण समावेश हुन्छ । आर्थिक सर्वेक्षणमा विशेषत: समग्रत आर्थिक स्थिति, प्रादेशिक आर्थिक तथा सामाजिक स्थिति, सार्वजनिक वित्त, मूल्य विश्लेषण, वित्तीय क्षेत्र, बाह्य क्षेत्र, गरिवी निवारण र रोजगारी, कृषि वन तथा भूमिसुधार लगायतका शिर्षक रहन्छन् । त्यस्तै उद्योग वाणिज्य आपूर्ति पर्यटन,  आवास तथा सहरी विकास, वातावरण र उर्जा, भौतिक पूर्वाधार यातयात र संचार, सामाजिक क्षेत्र, पुननिर्माण, सुशासन, प्रशासन, लगायतका शीर्षक पनि रहन्छन् । त्यस्तै कोरोना महामारी आएपछि अघिल्लो आर्थिक वर्ष कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहतको शीर्षक पनि समावेश थियो । यस पटक पनि सो शीर्षक समावेश हुने छ । त्यस्तै आर्थिक सर्वेक्षणमा यी शीर्षकसँग समबन्धित परिसूचक र अनुसूची पनि समावेश हुन्छन् । यससँग समबन्धी दर्जनौ चार्ट तथा ग्राफ सर्वेक्षणमा समावेश हुन्छ ।  सामान्यतया अर्थमन्त्रीले आर्थिक सर्वेक्षणको कार्यकारी सारांश मात्र वाचन गरेर सुनाउने र मुख्य पुस्तक भने मन्त्रालयको वेबसाइटमा अपलोड गरी सार्वजनिक गर्ने गरिएको छ । 

सम्बन्धित सामग्री

संसदमा आर्थिक सर्वेक्षण पेस (पूर्णपाठसहित)

प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेस भएको छ । प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८ ७९ पेस गरेका हुन् ।आर्थिक सर्वेक्षणमा चालु आार्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक...

संसद्मा आर्थिक सर्वेक्षण पेस

काठमाडाैँ – प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेस भएको छ। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८र७९ पेस गरेका  छन्। आर्थिक सर्वेक्षणमा चालु आवको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको छ। आगामी आवको बजेट प्रस्तुत हुनुभन्दा केही दिनपहिले सङ्घीय संसद्मा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ। संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् […]

आर्थिक सर्वेक्षण सार्वजनिक (पूर्णपाठ)

१४ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/७९ पेस गरेका हुन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुभन्दा केही दिनपहिले संघीय संसद्मा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ । संविधानमा नै हरेक वर्षको जेठ १५ […]

आजको प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण पेश हुँदै

काठमाडौं, जेठ १४ । आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण आजको प्रतिनिधि सभामा पेश हुँदैछ । बैठकमा शुक्रवारका लागि नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण पेश हुन नपाएको थिएन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । […]

आज आर्थिक सर्वेक्षण पेश गरिंदै

काठमाडौं । प्रतिनिधिसभाको आज शनिबारको बैठकमा आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश गरिंदैछ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ । संसदमा शुक्रबार नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेश हुन पाएन । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि […]

आज पेश हुने छ आर्थिक सर्वेक्षण

प्रतिनिधिसभामा शनिबार आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश हुने भएको छ । बैठकमा शुक्रबारका लागि नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका कारण पेश हुन पाएन । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक …

शनिवार आर्थिक सर्वेक्षण, आइतवार बजेट

काठमाण्डाै – प्रतिनिधि सभामा भाेलि शनिवार आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ । बैठक भाेलि बिहान ११ बजेका लागि बाेलाइएकाे छ ।  बैठकमा आज शुक्रवारका लागि नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेस हुन पाएन । आउँदा आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ ।  यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आउँदाे आ...

आज आर्थिक सर्वेक्षण सार्वजनिक हुँदै

काठमाडौं। चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण आज सार्वजनिक हुने भएको छ। अर्थमन्त्रालयले आज दिउँसो २ बजे आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको हो। मन्त्रालय परिसरबाट जुममार्फत सर्वेक्षणमा सार्वजनिक गर्ने बताइएको छ।

आर्थिक सर्वेक्षण भोलि २ बजे सार्वजनिक

काठमाडौं। सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण भोलि शुक्रबार (१४ गते) सार्वजनिक गर्ने भएको छ। भर्चुअलमाध्यमबाट अर्थमन्त्रालय परिसरमै आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने तयारी भइरहेको हो। भोलि आर्थिक सर्वेक्षण सार्वजनिक गरेपछि जेठ १५ गते बजेट घोषणा हुने बताइएको छ।

आर्थिक सर्वेक्षण आज सार्वजनिक गरिने

काठमाडौं। सरकारले आज आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको छ। हरेक वर्ष बजेटको पूर्वसन्ध्यामा चालू वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुपर्ने हुन्छ। सोहीअनुरुप, अर्थमन्त्रालयले आज आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको हो। सर्वेक्षणमा देशको चालू वर्षको बजेटको अवस्था र देशको वर्तमान आर्थिक स्थितिको तथ्याङ्क राखिएको हुन्छ।