विश्व वित्तीय सप्ताहको उपलक्ष्यमा बोर्डले जारी गर्‍यो २८ बुँदे सन्देश

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आम लगानीकर्ताको लागि २८ बुँदे सन्देश जारी गरेको छ । बोर्डले मार्च २० देखि २६ सम्म मनाइने विश्व वित्तीय सप्ताह (Global Money Week-2023Global Money Week-2023)  को अवसर पारेर लगाीकर्ताको लागि विभिन्न बुँदामा सन्देश जारी गरेको हो ।  बोर्डले धितोपत्र बजारमा समय समयमा उतारचढाव आउन सक्ने भन्दै यो क्षेत्रमा लगानी गर्दा यथार्थ सूचना लिई संयमित तथा विवेकशील भई लगानीसम्बन्धी निणर्य लिन भनेको छ । धितोपत्र बजार सम्बन्धमा सामाजिक सञ्जाल (जस्तै : फेसबुक, क्लब हाउस, युट्युब तथा टिकटक आदि) मार्फत प्रकाशन तथा प्रसारण गरिने अनुमान तथा प्रक्षेपण आधिकारिक नहुने भएकोले ती अनुमान, प्रक्षेपण, विचार र परामर्शको आधारमा मात्र लगानीसम्बन्धी निणर्य नलिन बोर्डले अनुरोध गरेको छ ।  धितोपत्र बजारमा नवप्रवेशीले प्राथमिक बजारबाट लगानी प्रारम्भ गर्न बोर्डले सुझाव दिएको छ । प्राथमिक बजारमा लगानी गर्दा धितोपत्र निष्कासनकर्ता कम्पनीको आह्वानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङस्तर जस्ता महत्वपूणर् पक्षहरूको विश्लेषण गर्नुपर्नेमा समेत बोर्डले जोड दिएको छ । धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले आधिकारिक वा प्रमाणित रूपमा जारी गरेको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद शेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन, भावी योजनाहरू, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लिखित वित्तीय सूचकांकहरू, धितोपत्रको मूल्य प्रवृत्ति, कम्पनीको साधारण सभाको निणर्य (माइन्युट) र कम्पनीसँग सम्बन्धित महत्वपूणर् पक्षहरूको अध्ययन गर्नुपर्ने सुझाव बोर्डको रहेको छ । धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचारप्रसार वा कसैको बहकाउमा नपरी स्वविवेकमा जोखिम बहन गर्ने क्षमताअनुसार लगानीको निणर्य लिनुपर्ने सन्देश पनि बोर्डले दिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओमा १० प्रतिशत शेयर सुरक्षित गरिएकाले आफ्नो नाममा विप्रेषण बचत खाता खोली उक्त खाताको सीआरएन नम्बर लिएर आवेदन गर्न बोर्डले भनेको छ ।  धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनीतिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग हुनुपर्ने, धितोपत्र बजारमा मुद्रास्फीति, बैंकको तरलता तथा ब्याजदरले प्रत्यक्ष असर गर्ने हुनाले लगानी गर्दा यस्ता विषयलाई मनन् गरी लगानीसम्बन्धी निणर्य लिनुपर्ने, धितोपत्रको लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न लगानी विविधीकरणमा ध्यान दिनुपर्ने, दीर्घकालीन, नियमित तथा विविधीकृत लगानीका फाइदा सम्बन्धमा जानकार हुनपर्ने सन्देशसमेत बोर्डको छ ।  धितोपत्र बजारमा लगानी गर्दा आवश्यक वा अपेक्षित प्रतिफल दर निर्धारण गरेर गर्नुपर्ने भनाइ बोर्डको रहेको छ । धितोपत्र कारोबार गर्दा रकमको लेनदेन बैंकमार्फत गर्नुपर्ने, आफूले लगानी गर्न लागेको कुन प्रकारको धितोपत्र हो, त्यसको विशेषता, फाइदा वा बेफाइदाबारे जानकारी लिएर मात्र लगानीसम्बन्धी निणर्य लिनुपर्ने सन्देश बोर्डले दिएको छ । यीसँगै नेपाल स्टक एक्सचेन्जबाट सूचीकरण खारेजी भएका तथा सूचीकृत नभएका पब्लिक लिमिटेड कम्पनीहरूका धितोपत्रहरू ओभर द काउन्टर बजारबाट कारोबार गर्न सकिने व्यवस्था भएको हुँदा सोबारे जानकारी राख्नुपर्नेमा समेत बोर्डले लगानीकर्ताको ध्यानाकर्षण गराएको छ । धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा बोर्डबाट अनुमतिपत्र प्राप्त र नेप्सेको सदस्यता लिएको धितोपत्र दलाल व्यवसायी (स्टक बोकर) मार्फत मात्र कारोबार गर्नुपर्ने, धितोपत्र बजार, वित्त बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम तथा निर्देशनहरूसम्बन्धी आधिकारिक जानकारीका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट हेर्नुपर्ने, धितोपत्रमा लगानीसम्बन्धी कुनै जिज्ञासा वा गुनासाहरू भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्कासनकर्ता तथा सूचीकृत कम्पनी, सीडीएससी, नेप्से वा बोर्डमा सम्पर्क राख्नुपर्ने भनाइ बोर्डको छ ।