दक्षिण अफ्रिकामा जोनसन एण्ड जोनसन र फाइजरको खोप लगाउने २८ जनाको मृत्यु, छानबिन गरिँदै

सिन्ह्वा।कोरोनाविरुद्धको खोप लगाएका २८ जनाको मृत्यु भएपछि दक्षिण अफ्रिका सरकारले त्यसको छानबिन गर्ने भएको छ। दक्षिण अफ्रिकन हेल्थ प्रोडक्ट्स रेगुलेटरी अथोरिटी (एसएचपीआरए)ले छानबिन गर्ने घोषणा गरेको हो। अमेरिकामा निर्मित जोनसन एण्ड जोनसन र फाइजरको खोप लगाएको केही दिन भित्रै २८ जनाको मृत्यु भएको थियो। मृत्यु सिधै कोरोना विरुद्धको खोपसँग सम्बन्धित छ वा छैनन भन्ने अनुसन्धान गरिने एसएचपीआरएले जनाएको छ।