बाँकेको राप्तीसोनारी गाउँपालिका वडा–९ ढकेरीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ढकेरीमा छ सय १७ जनाले स्वास्थ्य जाँच गराएका छन्। राप्तीसोनारी गाउँपालिकाको आयोजना, एचसिआरसी अस्पतालको सहयोग र बाँके राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको समन्वयमा सञ्चालित शिविरमा आज उनीहरुले स्वास्थ्य परीक्षण गराएका हुन्।