निर्यातजन्य उद्योग संचालन गर्न श्रमिकलाई तालिमको व्यवस्था गरिनुपर्छ : अध्यक्ष गोल्यान

नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पवन गोल्यानले नेपालको निर्यातजन्य उद्योगको लागि सरकारले श्रमिकलाई तालिमको व्यवस्था गर्नु पर्ने बताएका छन् । बुधबार काठमाण्डौमा नेपाल आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा उनले नेपालको गार्मेन्ट तथा निर्यातजन्य उद्योगहरुमा भारत तथा अन्य देशबाट श्रमिक ल्याएर चलाउनु परेकाले नेपाली श्रमिकलाई स्वरोजगार बनाउनु तालिमको आवश्यकता भएको बताए ।सरकारले गार्मेन्टसम्बन्धि तालिमको राज्यले व्यवस्था गरेमा उद्योगहरुलाई नेपाली श्रमिक सस्तो र दिगो हुने अध्यक्ष गोल्यानको भनाइ छ