गठबन्धनको औचित्य सावित गर्ने पुस्तक

काठमाडौं (अस) । पत्रकार तथा लेखकद्वय शुभशंकर कँडेल र शारदा शर्माले ‘गठबन्धन राजनीति’ नामक पुस्तक प्रकाशित गरेका छन् । चुनावी तालमेल, संयुक्त सरकार र बाह्य अनुभवको आधारमा तयार पारिएको पुस्तकले वाम वर्चस्व, आवश्यकता र सम्भावनालाई जोड दिएको छ । पुस्तकमा भारत, श्रीलंका जस्ता मुलुकमा भइरहेको गठबन्धन अभ्यासको समेत विस्तृतमा उल्लेख छ । लेखकद्वय वाम राजनीतिप्रति झुकाव राख्ने भएकाले पनि होला पुस्तकमा वाम राजनीतिको गठबन्धनको आवश्यकतालाई पटकपटक जोड दिइएको छ । वाम गठबन्धन गरेर निर्वाचनमा जाँदा लोकतान्त्रिक गठबन्धनको तुलनामा बढी मत पाउन सकेको तथ्यांक पुस्तकमा प्रस्तुत गरिएको छ । गठबन्धन गरेका बेला भएका निर्वाचनमा वाम पार्टीहरूले जित संख्या बढाएका पनि छन् । राजनीतिक दलहरू आपसमा गठबन्धन गरी निर्वाचनमा भाग लिन हुन्छ वा हुँदैन ? यो सवाल संसारभरि नै विवादित छ । दलहरू गठबन्धन गरेर निर्वाचनमा भाग लिँदा ‘कार्टेलिङ’ हुन्छ भन्ने कतिपय विद्वान्को तर्क छ । तर छिमेकी मुलुक भारत होस् वा नेपाल, राजनीतिक दलहरूबीच निर्वाचनदेखि सत्ता सञ्चालनसम्म गठबन्धन हुने गरेको छ  । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि सत्तारूढ ५ दलको एउटा गठबन्धन बन्यो भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले राप्रपा नेपाललगायतसँग केही स्थानमा गठबन्धन गर्‍यो । गठबन्धनका कारण कतिपय अवस्थामा राम्रो नतीजा निस्कने गरेको छ भने कतिपय अवस्थामा राम्रा व्यक्तिलाई मार पनि पर्ने गरेका उदाहरण छन् । चारजना नराम्रा व्यक्ति मिल्ने हो भने जस्तोसुकै राम्रो भए पनि एक व्यक्ति पराजित हुने गरेको उदाहरण यस्ता गठबन्धनको अभ्यासबाट देखिन्छ । तर गठबन्धनबाट सधैं गलतलाई मात्र बढावा दिइन्छ भन्ने हुँदैन । गठबन्धन गर्ने दलहरूबीचको तीव्र प्रतिस्पर्धाले झनै राम्रो नतीजा हात पर्न पनि सकिन्छ । राजनीतिमा स्थायित्वका लागि दलहरूबीच गठबन्धनको आवश्यकता पनि पर्ने गर्छ । नेपालजस्तो धेरै राजनीतिक दल भएको मुलुक र शासन पद्धतिले गर्दा गठबन्धनको आवश्यकता झनै देखिन्छ । राजनीतिक दलहरूबीच गठबन्धन नहुने हो भने शासन व्यवस्था कसरी चलाउने भन्नेमै अन्योल सृजना हुने खतरा हुन्छ । कुनै पनि दलले शासन चलाउन आवश्यक पर्ने मत प्राप्त नगर्ने वा निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा गरे पनि मिलेर शासन नचलाउने हो भने सरकार सधैं अस्थिर हुन्छ । यस्तो अस्थिरताले देशमा विकासको वातावरण बिगार्ने विज्ञहरूको धारणा रहँदै आएको छ । कँडेल र शर्माले गठबन्धनको गलत अभ्यासलाई पनि खोज्ने प्रयास गरेका छन् ।   पुस्तकको सबभन्दा ठूलो उपलब्धि गठबन्धन गर्न हुन्छ वा हुँदैन भन्ने  बहस हो, जुन बहसले आगामी दिनमा राजनीतिको शुद्धीकरणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित सामग्री

पुस्तक र परिस्थिति

पुस्तक परीक्षामा अंक ल्याउनका लागि पढें शिक्षाको शिखर चढेजस्तो लाग्ने रहेछ पुस्तक प्रमाणपत्र प्राप्तिका लागि पढें प्रमाणपत्र नपाउनेहरुलाई अज्ञानी ठानिंदो रहेछ पुस्तक रमाउनको लागि पढें स्वर्ग कल्पनामा देख्न पाइँदो रहेछ त्यही पुस्तकका ज्ञान मनन गर्नको लागि पढें व्यवहारमा उतार्नको लागि पढें आफू अझै ज्ञानको पिंधमा उभिएको पाइने रहेछ बजारमा अनगिन्ती पुस्तकहरु छन् ती कतिपय पुस्तकहरुमा […]

पुस्तक पढ्ने संस्कृति प्रवर्द्धन गर्ने लक्ष्यसहित पुस्तक प्रदर्शनी

पुस्तक पढ्ने संस्कृति प्रवर्द्धन गर्ने लक्ष्यसहित बिहीबार देखी भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनी सुरु भएको छ।...

पुस्तक पढ्ने संस्कृति प्रवर्द्धन गर्ने लक्ष्यसहित पुस्तक प्रदर्शनी

पुस्तक पढ्ने संस्कृति प्रवर्द्धन गर्ने लक्ष्यसहित बिहीबार देखी भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनी सुरु भएको छ।...

जीवन बदल्ने पुस्तक सुम्निमा

पुस्तक संवाद मेरो जीवनलाई प्रभावित पारेका पुस्तक थुप्रै छन् । तर, कतिपय यस्ता पुस्तक पनि छन्, जसले मेरो जीवनलाई नै परिवर्तन गरिदिएको छ । बिपी कोइरालाको सुम्निमा र हम्र्यान हेस्सेको ‘सिद्धार्थ’ले जीवनलाई हेर्नेको...

‘पुस्तक छैन, कसरी पढ्नु ?’

म्याग्दी । नयाँ शैक्षिक सत्र सुरु भए पनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भएको हो । पाठ्यक्रम फेरिएको सामुदायिक विद्यालयको कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक छैन । पाठ्यक्रम यथावत् भएका अन्य कक्षाका विद्यार्थीले पुराना पुस्तक पढ्ने गरेका […]

काठमाडौँमा बृहत् पुस्तक मेला

काठमाडौं : उपत्यकाका विभिन्न क्षेत्रमा बृहत् पुस्तक प्रदर्शनी भइरहेको छ। नयाँ वर्षको उपलक्ष्यमा उक्त प्रदर्शनीमा छुटसहित पुस्तक उपलब्ध रहेको आयोजकले जनाएको छ। केन्द्रीय कार्यालय (पुलचोक), प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनका सबै शाखामा पुस्तक प्रदर्शनीमा राखिएको हो।उक्त प्रदर्शनीमा २०६० सम्म मुद्रित पुस्तक ५० प्रतिशत छुटमा पाइन्छ। यस्तै २०७० सम्म मुद्रित पुस्तक ३५ प्रतिशत, २०७१ पछि मुद्रित पुस्तक ३० प्रतिशतमा उपलब्ध छन्। ‘गरिमा’ मासिक पत्रिकालाई भने ८० प्रतिशत छुटमा उपल

नयाँ वर्षमा नयाँ पुस्तक, प्रज्ञामा पुस्तक प्रदर्शनी

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा नयाँ वर्ष २०७९ का अवसरमा पुस्तक प्रदर्शनी सुरु गरिएको छ । बिहीवार प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा भवनको भानुभक्त कक्षमा आयोजित पुस्तक प्रदर्शनीको आरम्भ गरे । सो अवसरमा कुलपति उप्रेतीले पठन संस्कृतिको विकास गर्न र नयाँ वर्षमा पाठकहरूलाई नयाँ पुस्तक पढाउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताए । उप्रेतीले भने, “प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित नयाँ तथा पुराना सम्पूर्ण पुस्तक तथा पत्रिका एकै ठाउँमा उपलब्ध हुनेछ

पुस्तक प्रदर्शनीमा चार लाखको पुस्तक बिक्री

नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले यही फागुन १ गतेदेखि सुरु गरेको पुस्तक प्रदर्शनीमा पाठकको भीड लाग्न थालेको छ ।कोरोना जोखिम कायमै रहेका बेला पनि सोचेभन्दा धेरै पाठक पुस्तक प्रदर्शनीमा आएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए । प्रदर्शनीमा दर्शनाचार्य (एमफिल)मा अध्ययनरत नेपाली, समाजशास्त्र, लोकसाहित्यलगायत विषयका अनुसन्धाताले बढी पुस्तक खरिद गरेका छन् । विभिन्न विषयमा स्वतन्त्र रुपमा अनुसन्धान गरिरहेका र विभिन

विश्व पुस्तक दिवस मनाइँदै

काठमाण्डाै - आज विश्व पुस्तक दिवस । पुस्तक किनेर, वाचन गरेर, पुस्तकमाथि अन्तर्क्रिया वा चर्चा परिचर्चा गरेर तथा साथीभाइ, आफन्तलाई पुस्तक उपहार दिएर आज विश्व पुस्तक दिवस मनाइँदैछ । पुस्तक पढ्ने बानीको विकास गर्ने उद्देश्यले सन् १९९५ को अप्रिल २३ तारिखदेखि हरेक वर्ष विश्वमा विभिन्न कार्यक्रमहरु गरेर विश्व पुस्तक दिवस मनाउने गरिन्छ । विशेष  गरी युवा पुस्तामा पढ्ने बानीको विकास गर्न यो दिवस मनाइन्छ । यस्तै, लेखन तथा प्रकाशन क्षेत्रमा प्रतिलिपि अधिकार ठूलो मुद्दा भएकाले आजको दिन प्रतिलिपि अधिकार दिवस पनि मनाइन्छ । नेपालमा...

कोरोनाले रोकेका नयाँ पुस्तक

कोरोना महामारीबाट बच्नका लागि गरिएको लकडाउनले मानिसलाई बाध्यात्मक फुर्सद पैदा गरिदियो । त्यसबेलाको एउटा साथी बनिरहेको छ-पुस्तक । तर यही महामारीले नयाँ पुस्तक प्रकाशन रोकिदियो । लकडाउन खुकुलो भएसँगै पुस्तक बजार कसरी चलायमान बनाउन सकिन्छ भनेर प्रकाशकहरू चल्मलाएका छन् ।