गुण एयरलाइन्सको विद्युतीय बस सञ्चालनमा

असोज २, काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आन्तरिक उडानका यात्रुका लागि वातावरण अनुकुलित दुई ओटा विद्युतीय बस सेवा सञ्चालनमा ल्याएको छ ।  शुक्रवारदेखि आफ्नो नियमित उडान शुरु गरेको कम्पनीले आन्तरिक विमानस्थलमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ १० हेलिकप्टरसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान गर्दै आएका छन् । नेपालीको महान् चाड दशैँ, तिहारलगायत चाडलाई लक्ष गर्दै उक्त एयरलाइन्सले दशैँको मुखमा उडान सञ्चालन गरेको हो । यात्रुलाई सुरक्षित र भरपर्दो सेवा दिन तयार रहेको र यसका लागि कुनै कसर बाँकी नराख्ने कम्पनीका प्रवक्ता एवम् बजार प्रमुख प्रज्वल थापाले बताए ।  कोभिड महामारीकाबीच आफूहरु पनि यात्रुलाई सेवा दिन तयार रहेको र वर्तमान हवाई भाडादरको चर्को प्रतिस्पर्धामा कम्पनी पनि उत्रेर गुणस्तरीय सेवा प्रदान गरिने उनको भनाइ थियो । आफ्ना १८ सिट क्षमताका दुई बिचक्राफ्ट र थप गरिएका ३० सिटे पाँच जेट स्ट्रिमसहित कूल सात जहाजको उडान शुरु गरिएको कम्पनीले जानकारी दिएको छ । सुरुआती उडान काठमाडौंबाट पोखरा र भरतपुर (चितवन) गरिएकोमा केही दिनपछि नै अन्य गन्तव्य तुम्लिङ्टार, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा उडान गर्ने योजना बनाएको जानकारी दिइएको छ । रासस  

सम्बन्धित सामग्री

विद्यूतीय बसबाट गुण एयरलाइन्सकाे सेवा

काठमाडौँ - गुण एयरलाइन्सले आन्तरिक उडानमा पहिलोपटक विद्युतीय बस प्रयोग गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वातावरण अनुकुल बनाउने उद्धेश्यले गुण एयरलाइन्सले दुई वटा विद्युतीय बसको प्रयोग सुरु गरेको हो । शुक्रबारदेखि उडान सुरु गरेको गुण एयरलाइन्स आन्तरिक उडानमा विद्युतीय बस प्रयोग गर्ने पहिलो उड्डयन कम्पनी हो । दुई वट…