अमूल्य राष्ट्रिय कलाश्री सम्मान साहित्यकार खरेललाई

काठमाडौं- नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले २०८० सालको अमूल्य राष्ट्रिय कलाश्री सम्मान गीतकार, चलचित्र निर्देशक तथा साहित्यकार यादव खरेललाई प्रदान गर्ने निर्णय गरेको छ। त्यसैगरी, प्रतिष्ठानले राष्ट्रिय कलाश्री पुरस्कारबाट वरिष्ठ कथाकार भागीरथी श्रेष्ठ, ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि कृसु क्षेत्री, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार चित्रकार सम्झना राजभण्डारीलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको […]

सम्बन्धित सामग्री

अमूल्य राष्ट्रिय कलाश्री सम्मान यादव खरेललाई, सन्तोषलाई पद्मनेत्र

१८ माघ, काठमाडौं । नेपाली कलासाहित्य डट कमले ६ जना साहित्यकार एवं पत्रकारलाई सम्मान गरेको छ । कलासाहित्य डट कमद्वारा विहीबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय कलाश्री सम्मान’ समारोहमा ‘अमूल्य राष्ट्रिय कलाश्री सम्मान’ वरिष्ठ गीतकार, चलचित्र निर्देशक तथा …

कलाश्री सम्मान मानन्धरलाई

नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा बर्सेनि दिँदै आएको राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार २०७९ सालका लागि विभिन्न स्रष्टालाई समर्पण गरिएको छ । कार्यक्रममा वरिष्ठ कलाकार किरण मानन्धरलाई कलाश्री सम्मान अर्पण गरियो । त्यस्तै रू एक लाख राशिको कलाश्री पुरस्कार समालोचक प्रा डा लक्ष्मण गौतम, रू ७५ हजार राशिको ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार साहित्यकार भूपिन, …

राष्ट्रिय कलाश्री सम्मान–२०७८ साहित्यकार परशु प्रधानलाई प्रदान गरिने

काठमाडौं ।  नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले प्रदान गर्ने यसवर्षको अमूल्य राष्ट्रिय कलाश्री सम्मान–२०७८ विशिष्ट साहित्यसाधक परशु प्रधानलाई प्रदान गर्ने निर्णय गरिएको छ । प्रतिष्ठानले १४ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतका साधकहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा यस वर्षको...

कलाश्री सम्मान प्रदान

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले साहित्य, ललितकला, सङ्गीत तथा पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार अर्पण गरेको छ । प्रतिष्ठानद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकार बैरागी काइँलाले विगत पाँच दशकदेखि नेपाली चित्रकलाको क्षेत्रमा विशेष योगदान पु-याउनुभएका नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहनुभएका कलाकार किरण मानन्धरलाई राष्ट्रिय कलाश्री सम्मान प्रदान गर्नुभएको हो । प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमलाई एक लाख रुपियाँसहित राष्ट्रिय कलाश्री पुरस्कार, साहित्यकार भूपिन खड्कालाई ७५ हजार रुपियाँसहित स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार प्रदान गरिएको छ ।