मन्त्री र रजिस्ट्रारलाई सहकारी महासंघको ज्ञापन

काठमाडौं । तरलता अभाव, ऋण असुलीमा कमीलगायत समस्या भोगिरहेका सहकारी सञ्चालकहरूले विभिन्न माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । सहकारीहरूको छाता संगठन राष्ट्रिय सहकारी महासंघले गठन गरेको सहकारी समस्या समाधान संयोजन समितिले बुझाएको ज्ञापनपत्रमा सहुलियत ब्याजदरमा कर्जा, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष स्थापना, सहकारी संघसंस्था निर्वाध रूपमा सञ्चालन गर्ने वातावरण निर्माणलगायत विषय समेटिएका छन् ।  महासंघ उपाध्यक्ष तथा समिति संयोजक ओमदेवी मल्लको नेतृत्वमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी र संघीय सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेलाई मागपत्र बुझाइएको हो । संयोजक मल्लले अहिलेको विषम परिस्थितिलाई ध्यानमा राखेर समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको र १५ दिनभित्र माग पूरा नभएको खण्डमा सडक संघर्षका कार्यक्रम घोषणा गरेर आन्दोलनमा जाने बताइन् ।  ज्ञापनपत्र बुझ्दै मन्त्री चौधरीले मागका विषयमा आफू सकारात्मक रहेको र पूरा गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन् । रजिस्ट्रार घिमिरेले अभियानसँग सहकार्य गरेरै समस्या समाधानमा आफू लागिपर्ने बताए ।  मागपत्रमा सहकारी अभियानलक्षित भ्रामक गतिविधिविरुद्ध आवश्यक कारबाही गर्दै जनस्तरमा सकारात्मक सन्देश प्रवाह हुने कार्यक्रम तत्काल गर्नुपर्ने, व्यक्तिगत बचतको सीमा २५ लाख रुपैयाँ तोक्ने गरी सहकारी ऐन संशोधन गर्न बनेको विधेयकको दफा तत्काल खारेज गर्नुपर्ने, बजारअनुसार सन्दर्भ ब्याजदर निर्धारण हुने स्वचालित प्रणालीको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।  त्यसैगरी तरलता समस्या समाधानका लागि राष्ट्रिय सहकारी बैंकमार्फत परिचालन हुने सहुलियत ब्याजदरमा ३ वर्षसम्मका लागि १० अर्ब रुपैयाँ उपलब्ध गराउनुपर्ने माग छ । सहकारीे ऐनमा व्यवस्था भएअनुसार छुट्टै कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्नुपर्ने, ऋणीको एकाघर सगोल परिवारको चलअचल सम्पत्ति रोक्का राख्न पाउने व्यवस्था कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।  यसैगरी महासंघले वित्तीय सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृति रोक लगाउनुुपर्ने, एकीकरण प्याकेज कार्यक्रम घोषणा हुनुपर्ने, २०८० असारसम्म कर चुक्ता लिने म्याद थप्नुपर्ने, विषम परिस्थितिका कारण कार्यालय सञ्चालन गर्न समस्यामा परेका संस्था सञ्चालनका लागि वातावरण बनाउन कम्तीमा दुई वर्षको कुलिङ पिरियड घोषणा गर्नुपर्ने पनि मागपत्रमा उल्लेख छ । पछिल्लो समय सहकारी संस्थाहरू सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै तत्काल गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सुरक्षासम्बन्धी परिपत्र जारी गरी सञ्चालनको वातावरण बनाउन माग गरिएको छ ।  महासंघले उक्त मागपत्र सातओटै प्रदेशमा बुझाएको छ । कोशी प्रदेशमा महासंघका उपाध्यक्ष रमेश पोखरेलको नेतृत्वमा, मधेशमा सञ्चालक रामबावु यादवको नेतृत्वमा, गण्डकी प्रदेशमा सञ्चालक हुमाकुमारी जिसीको नेतृत्वमा, लुम्बिनी प्रदेशमा लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदीको नेतृत्वमा र कर्णाली प्रदेशमा जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृतबहादुर बिसीको नेतृत्वमा गएको टोलीले सम्बन्धित मन्त्रालयका रजिस्ट्रारलाई मागपत्र बुझाएको महासंघले जनाएको छ ।  चालू आर्थिक वर्षको शुरूदेखि नै वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको कारण कतिपय सहकारी संस्था सदस्यको बचत समेत फिर्ता दिन नसक्ने अवस्थामा पुगेका छन् । बचत संकलन र ऋण असुली प्रभावित भएसँगै तरलता अभाव भई बचत फिर्ता दिन नसकिएको सहकारी सञ्चालकहरूको भनाइ छ ।  तर सरकारी अधिकारीहरूले भने सहकारीमा संस्थागत सुशासन कमजोर रहेको, सर्वसाधारणबाट उठाएको बचत सहकारीका सञ्चालकहरूले घरजग्गालगायत क्षेत्रमा जथाभावी लगानी गर्दा समस्या भएको बताउने गरेका छन् । पछिल्लो समय सहकारीको अधिकार स्थानीय तहसम्म हस्तान्तरण भएपछि सहकारीको नियमित अनुगमन छैन । तिनको अवस्थाबारे सरकारसँग तथ्यांक पनि छैन ।   

सम्बन्धित सामग्री

भ्रष्टाचार गर्न मन्त्री भएको होइन: मन्त्री पाण्डे

सहरी विकासमन्त्री विक्रम पाण्डेले आफू जनतासँग झुटको खेती गर्न र भ्रष्टाचार गर्न मन्त्री नभएको बताएका छन्।...

जसपाले फिर्ता बोलायो ३ मन्त्री, नयाँ मन्त्री पनि सिफारिस

२० असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । जसपाले तीन जना नयाँ […]

मन्त्री फेरिए मन्त्रालयको काम शून्यमा झर्छ : मन्त्री झाँक्री

काठमाडौं :  शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री परिवर्तन भए शहरी विकासका नयाँ नीतिहरू शून्यबाट निर्माण गर्नुपर्ने बताएकी छन्।शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा काठमाडौं उपत्यका विकास प्राधिकरणको वर्तमान अवस्था विषय छलफलमा बोल्दै मन्त्री झाँक्रीले शहरी विकासका लागि ड्राफ्ट भएका सबै नयाँ नीतिहरू मन्त्री परिवर्तन भए शून्यबाट बनाउन शुरु गर्नुपर्ने बताएकी हुन्।उनले मन्त्री फेरिँदा के भइरहेको कुरा जानकारी नहुने भन्दै सरकार परिर्वतन हुँदा नयाँ सहमति, योजना र

आठ महिनामै मन्त्री परिवर्तन

काठमाडौं, जेठ २३। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीमा भागबन्डा मिलाउन आठ महिनामा नै आफ्ना मन्त्री परिवर्तन गर्ने भएको छ । पार्टीभित्र नेताहरूको आन्तरिक व्यवस्थापन गर्न पालैपालो मन्त्री बनाउन लागिएको हो । आठ महिनाअघि नै पार्टीले मन्त्री बनाउने क्रममा धेरै नेता मन्त्रीको आकांक्षी भएपछि पालैपालो मन्त्री बनाउने आन्तरिक सहमति भएको थियो । सोही सहमतिअनुसार मन्त्री […]

मन्त्री यादवको बोली चिप्लियो : मन्त्री साह

मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले गौर नरसंहार पुनः दोहोर्‍याउने भनि दिएको अभिव्यक्ति प्रति टिप्पणी गर्दै विरोध गरेका छन् । शनिबार जनकपुरधाममा रातोपाटीसँग कुराकानी गर्दै मन्त्री साहले मन्त्री यादवले दिएको अभिव्यक्ति गलत रहेको भन्दै मन्त्री यादवको बोली चिप्लिएको बताएका हुन् ।आन्तरिक मामिला तथा सञ्चार मन्त्री साहले भने, ‘मलाई जानकारी प्राप्त भए अनुसार मन्त्री रेणु यादवजी बलिदानी दिवसको दिन रौत

मन्त्री भएको तेस्रो दिनमै राजीनामा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री नियुक्त भएको आरोप लागेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आइतबार पदबाट राजीनामा दिएका छन्। मन्त्री भएको तेस्रो दिनमा हमालले दिएको राजीनामा स्वीकृत भएको छ। उनले शुक्रबार मन्त्र...

काँग्रेसले टुङ्ग्यायो चार मन्त्री

नेपाली काँग्रेसबाट चार जना मन्त्री बन्ने भएका छन् । मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, उमाकान्त चौधरी र उमा रेग्मी मन्त्री बन्ने भएका हुन् । रक्षमा रिजाल र कानुनमा बडू मन्त्री बन्ने भएका हुन् भने उमाकान्त चौधरी खानेपानी मन्त्री भएका हुन्  ।उमा रेग्मीलाई महिला तथा बालबालिका मन्त्री बनाउने भएका हुन् । यसअघि काँग्रेसबाट गृहमा बालकृष्ण, कानुनमा ज्ञानेन्द्र कार्की, परराष्ट्रमा नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री छन् । कार्कीलाई कानुनबाट सञ्चार मन्त्रीमा सारिएको छ ।

यी महिलाहरु सम्भावित मन्त्री

काठमाडौं, १४ असोज । सरकारमा अहिले एकजना मात्र महिला मन्त्री छिन् । नेकपा माओवादी केन्द्रबाट ऊर्जा मन्त्री बनेकी पम्फा भुसाल ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित सांसद हुन् । माओवादीले पहिलो चरणमै मन्त्री लाँदा महिलालाई समावेश गरेको थियो । तर, नेपाली काँग्रेसले ३ मन्त्री र १ राज्यमन्त्री बनाइसक्दा कुनैपनि महिलालाई मन्त्री बनाएको छैन । प्रधानमन्त्री […]

यी दुई मन्त्री, जसको हेलिकोप्टरमा उड्दा–उड्दै मन्त्री पद गयो

सर्वोच्च अदालतले कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तार बदर गरेपछि २० मन्त्री पदमुक्त भएका छन् । रोचक कुरा त सरकारका दुई मन्त्रीको हेलिकोप्टरमा उड्दा उड्दै गरेकाे अवस्थामा मन्त्री पद गएको छ । यी दुई मन्त्री हुन् उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतो र स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ ।मंगलबार सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दुई चरणमा गरेको मन्त्रिपरिषद विस्तार संवैधानिक कि असंवैधानिक भनेर बहस चलिरहेका बेला सरकारका यी दुई मन्त्री भ