विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा

विप्लव नेतृत्वको नेकपाले एसपीपीविरुद्ध आन्दोलनको घोषणा गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा एसपीपीविरुद्ध असार २ गते साँझ देशव्यापी मसाल जुलुस गर्ने,  असार ३ गते देशव्यापी विरोध प्रदर्शन गर्ने र असार ४ गते शहर र सदरमुकामहरूमा अन्तरक्रिया गर्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा एसपीपीविरुद्ध एकजुट हुन समेत प्रकाण्डले आह्वान गरेका छन् ।

सम्बन्धित सामग्री

संसदबाहिरका ४ कम्युनिष्ट पार्टीद्वारा आन्दोलन घोषणा

काठमाडौं । संसद् बाहिर रहेका ४ कम्युनिष्ट पार्टीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । देशमा विद्यमान राष्ट्रिय स्वाधीनता, राजनीतिक तथा आर्थिक क्षेत्रमा बढ्दै गएको आर्थिक संकट, यसअघि विप्लव नेतृत्वको नेकपासँग दुवै सरकारले गरेको वार्ताको सहमति कार्यान्वयनलगायतका विषयमा खबरदारी गर्न आन्दोलनमा जानुपरेको उनीहरूले जनाएका छन् । विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति […]