रुसले युक्रेन युद्धका लागि उत्तर कोरियाबाट हतियार खरिद गरिरहेको अमेरिकी अखबारकाे दाबी

अमेरिकी सञ्चारमाध्यममा प्रकाशित समाचारका अनुसार पश्चिमी देशको प्रतिबन्धका कारण रुसले उत्तर कोरियाबाट हतियार किन्न बाध्य भएको छ। यसै वर्षको फेब्रुअरीमा रुसले छिमेकी राष्ट्र युक्रेनमा आक्रमण गरेको थियो। त्यसपछि पश्चिमी देशहरूले रुसमाथि कडा प्रतिबन्ध लगाएका थिए। यस कारणले गर्दा रुसले हतियारको लागि उत्तर कोरियासँग भर पर्न सक्छ। न्यूयोर्क टाइम्सले रुसले उत्तर कोरियाबाट धेरै हतियार किनेकाे छ। […]