बाढीपहिरोको कहरः ३४ जनाको मृत्यु, ४४ जना घाइते, २४ जना बेपत्ता

काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ३० गतेदेखि शुक्रबार बिहानसम्म३४ जनाको मृत्यु भएको छ। ती घटनामा ४४जना घाइते र २४जना बेपत्ता छन्। प्रहरीका अनुसार मृत्यु हुनेहरूमा १९जना पुरुष, नौजना महिला, तीनजना बालक र तीनजना बालिका रहेका छन्। तीमध्ये सिन्धुपाल्चोकमा पाँचजना, डोटीमा चारजना, रोल्पामा तीनजना, चितवन, तनहुँ, प्युठान र रौतहटमा२÷२ जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

बाढी, पहिरो र डुबानमा परी ३४ जनाको मृत्यु

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ३४ जनाको मृत्यु भएको छ । अन्य २४ बेपत्ता रहेका र ४४ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमा १९ पुरुष, नौ महिला र ६ बालबालिका रहेका छन् ।ती मध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पामा तीन, चितवन, तनहुँ, प्युठान र रौतहटमा दुई÷दुई तथा ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक÷एक जना रहेका प्रहरी