हर्न बजाउनेलाई थप कडाई गरिने

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनहरुमा हर्न निषेधको स्टीकर टाँस्ने अभियान सुरू गरेको छ । काठमाडौं महानगरपालिकाको समन्वयमा आयोजना गरिएको ट्राफिक स्वयम्सेवक परिचालन कार्यक्रमको आइतबार उद्घाटन गर्दै कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले चारपाङग्रे र दुई पाङ्ग्रे सवारी साधनहरुलाई अनावश्यक रुपमा हर्न नबजाउन सचेत गराउने उद्देश्यले यो अभियान थालिएको जानकारी दिनुभयो […]