सीमा अतिक्रमणविरुद्ध भारतीय दूतावासमा प्रदर्शन गर्न पुगेका नेविसंघका नेतालाई प्रहरीको लाठी र बुट

काठमाडौं: सीमा अतिक्रमणको विरोध गर्न लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेको नेविसंघ कार्यकर्तामाथि प्रहरीले लाठी र बुट प्रहार गरेको छ। कालो बेलुन र कालो ब्यानरसहित राष्ट्रिय झण्डामा प्रदर्शन गर्न पुगेका उनीहरुमाथि प्रहरीले बल प्रयोग गरी लाठी र बुट प्रहार गरेको हो। प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउसमेत गरेको छ।