इन्द्रचोकका चुरापोते पसलमा साउनको रौनक (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँको इन्द्रचोकका चुरापोते पसलहरुमा यतिबेला चहलपहल बढेको छ। इन्द्रोचोकका चुरापोते पसल विभिन्न रंगका चुरा र पोतेले सजिएका छन्। साउन महिनामा महिलाहरु चुरापोते लगाउने गर्छन्। जसले गर्दा साउनमा विशेषगरी चुरापोतेको व्यापार बढी हुने व्यापारीहरु बताउँछन्। महिलाहरुले हातमा मेहेन्दी र चुरा लगाएर व्रत बस्ने हुनाले यतिबेला इन्द्रचोक र असन बजारमा महिलाहरुको अत्याधिक भीड लाग्ने गर्छ। […]