योगेश भट्टराईसँग कुनै पूर्वाग्रह छैन : मन्त्री आले

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारत सरकारको सहयोगमा निर्माण भएको पशुपति धर्मशालामा खोलिएको होटेल फाइभ स्टार नभएर सेभेन स्टारजस्तै रहेको प्रतिक्रिया दिएका छन्। आइतबार धर्मशालाको अवलोकनपछि मन्त्री आलेले भने, ‘यहाँ त फाइभ स्टार होटल होइन, सेभेन स्टार होटलजस्तै रहेछ। मत चकित पनि भएँ।’धार्मिक क्षेत्रमा सर्वसाधारणलाई सर्वसुलभ सेवा दिनुपर्नेमा एउटै कोठाको ५५ सय लिन गरेको पाइएको उनले बताए। ‘यो धार्मिक पर्यटकीयस्थल पनि हो। सस्तो सुलभ मूल्