दूध बेचेको पैसा नपाएपछि आन्दोलनको तयारीमा किसान

गौर : लामो समयदेखि आफूले दूध बेचेको पैसा नपाएपछि रौतहटका दूध उत्पादक किसानहरू मारमा परेका छन्।नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसीले रौतहटका दूध उत्पादक किसानको साढे ५ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ। विभिन्न निजी डेरीहरूले रौतहटका किसानबाट लगेको दूधको ३ करोड रुपैयाँ दिएका छैनन्।दूधको पैसा समयमा नआएपछि रौतहटका दूध उत्पादक किसानहरूले आन्दोलनका कार्यक्रम तय गरेका छन्। रौतहटको गरुडाभन्दा उत्तरी भेगका किसानले उत्पादन गरेको दूध बेचेको साढे ८ करोड रुपैयाँ डेरीहरूले नतिरेपछि दुग्ध उत्पादक किसानहरू स