काठमाण्डौ, माघ २० । साफ २० वर्षमुनिको महिला च्याम्पियनशिप आजदेखि सुरु हुँदैछ । बङ्गलादेशमा सुरु हुने प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटान गरी चार टोली सहभागी छन् । नेपालले आफ्नो पहिलो खेलमा आज घरेलु टोली बङ्गलादेशसँग खेल्नेछ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे ढाकाको बीएसएसएस मोस्ताफा कमल मैदानमा सुरु हुनेछ । […]