डिजिटल भुक्तानीमा क्रान्ति : तरकारी किन्न क्युआर कोड

कात्तिकमा ९३ करोड रुपैयाँ भुक्तानी क्युआर कोडबाट भएकोमा मंसिरमा बढेर १ अर्ब २५ करोडको कारोबार भएको

सम्बन्धित सामग्री

मेगा बैंकको जोरपाटीको तरकारी बजारमा क्युआर कोड सेवा

काठमाडौं, ५ बैशाख । जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफूल बजारमा मेगा बैंकले क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले क्यूआर कोड भुक्तानी सेवाको औपचारिक उद्घाटन गरेका हुन् । कार्यक्रममा ८० जना तरकारी विक्रेतालाई क्यूआर कोड […]

Reporters Nepal

माछापुच्छ्रे बैंकको नेपालगञ्जको बागेश्वरी मन्दिरमा क्यूआर कोड संचालन

काठमाडौं, ५ बैशाख । नेपालगञ्जको पवित्र स्थल बागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले क्यूआर कोड सेवा संचालन गरेको छ । सेवाको सुरुवात नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले क्यूआर कोड मार्फत भेटी चढाई गरेका हुन् । कार्यक्रममा बोल्दै अधिकारीले वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्यूआरकोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताए ।

Reporters Nepal

धनगढीका रिक्सा चालकलाई मेगा बैंकको क्यूआर कोड सेवा

काठमाडौं । धनगढीका विद्युतीय रिक्सा चालकहरुलाई मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएको छ । क्यूआर कोड सेवा लिएसँगै विद्युतीय रिक्सा चालकहरू हर्षित भएका छन् । विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएपछि रिक्सा चालकहरू खुसी भएका हुन् । नेपाल राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेलले मेगा बैंकको धनगढीस्थित सुदुरपश्चिम प्रादेशिक कार्यालयमा एक कार्यक्

Ratopati

वीरगन्ज तरकारी बजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले वीरगन्ज तरकारी तथा फलफूल बजारमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।वीरगन्ज तरकारी तथा फलफूल बजारमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा.राजनकृष्ण पन्त र वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले संयुक्त रुपमा क्यूआर कोड सेवाको सुरु गरे । उक्त क्यूआर कोड सेवा सुरु भएसँगै वीरगन्जमा तरकारी तथा […]

कारोबार दैनिक

माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा वीरगन्जको तरकारी बजारमा

माछापुच्छ्रे बैंकले वीरगन्ज तरकारी तथा फलफुल  बजारमा  क्युआर कोड सेवा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका निर्देशक डा.राजन कृष्ण पन्त र वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले एक कार्यक्रमका बीच संयुक्त रुपमा क्यूआर कोड सेवाको सुरुवात गरेका हुन् ।  उक्त क्युआर कोड सेवा सुरु भएसंगै वीरगंज तरकारी तथा फलफुल बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल संचालकलाई सिधै खातामा भ

Ratopati

एनएमबि बैंकको क्यूआर कोड सेवा विराटनगरमा

विराटनगरमा अटोरिक्सा चढेवापतको भाडा अब क्यूआर कोडबाटै भुक्तानी गर्न सकिने भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेज रूटमा चल्ने अटोरिक्सा चढ्दा क्यूआर कोड प्रयोग गरी भुक्तानीको व्यवस्था एनसीसी बैंकले मिलाएको हो ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केएन अटो यातायात प्रालिमा आबद्ध अटोमा क्यूआर कोडमार्फत भुक्तानी हुने अभियान सुरूवात गरेका हुन् । चालकहरुलाई एनसीसी बैंकले […]

कारोबार दैनिक

क्युआर कोडबाट भुक्तानी गर्दा शुल्क लिन नपाइने

बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकले क्युआर कोडमार्फत् भुक्तानी गर्दा सेवा शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘क्युआर कोड मापदण्ड २०७७’ जारी गर्दै शुल्क लिन नपाउने व्यवस्था गरेको हो ।पछिल्लो समय भुक्तानीका लागि क्युआर कोडको प्रयोग बढ्दै गएपछि केन्द्रीय बैंकले यसलाई व्यवस्थित गर्न मापदण्ड जारी गरेको हो । मापदण्डमा बैंक […]

कारोबार दैनिक

टेम्पोदेखि तरकारी बजारसम्म 'क्युआर कोड' कतिको होला प्रभावकारी?

उन्नत सापकोटा- काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी 'क्युआर कोड' भुक्तानी बिस्तारमा निकै अग्रसर देखिएका छन्। उनी कार्यालयको काम अलिकति खुकुलो हुनेबित्तिकै कुनै न कुनै तरकारी बजार पुगेर क्युआरको उद्घाटन गरिहाल्छन्। शुक्रवारको दिन त उनले बैंकहरुले बिस्तार गरिरहेको क्युआर भुक्तानीको उद्घाटनका लागि नै छुट्याएका छन्। 'क्यासलेस गर्न नसकिए…

पहिलो पोस्ट

कुलेश्वर फलफूल बजारमा नबिल बैंकको क्यूआर कोड सेवा सुरु (भिडियो सहित)

काठमाडौं । कुलेश्वरस्थित फलफूल बजारमा नबिल बैंकको क्यूआर कोड सेवा सुरु भएको छ । शुक्रबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुलेश्वरस्थित फलफूल बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन् । सेवा सुरु भएसँगै फलफूल बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्पिकेसन वा मोबाइल वालेटमार्फत् फलफूल खरिदको रकम भुक्तानी गर्न सक्नेछन् । कार्यक्रममा गभर्नर अधिकारीले क्यूआर कोड भुक्तानी सेवा एक नवीन भुक्तानी प्रणाली भएको भन्दै कोभिडको महामारीको समयमा य

Ratopati

बल्खु तरकारी बजारमा एनएमबि बैंकको क्यूआर कोड सेवा

काठमाडौं । बल्खु तरकारी बजारमा एनएमबि बैंकको क्यूआर कोड सेवा सुरु भएको छ । तरकारीजन्य वस्तुको कारोबारमा डिजिटल भुक्तानीलाई बढावा दिने उद्देश्यले एनएमबि बैंक सुरु गरेको सो सेवाको उद्घाटन शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन् ।योसँगै अब बल्खु तरकारी बजारमा जाने जुनसुकै ग्राहकले क्यूआर कोडमार्फत् नगदरहित भुक्तानी गर्न सक्नेछन् । सो कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले दुई तरकारी सप्लायर्सलाई सहुलियतपूर्ण ऋणको ‘अफर लेटर’ समेत प्रदान

Ratopati

कालिमाटी तरकारी तथा फलफूल बजारमा पनि क्यूआर कोड

कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत् भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रवार बजारमा क्यूआर कोड सञ्चालनमा ल्याएको हो । कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङग्णमा शुक्रवार आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको शुरूवात गरे ।  गभर्नर अधिकारीले न...

Lokaantar