भूकम्प गएको करिब तीन महिना पुग्नै लाग्दा रुकुमपश्चिममा १८ हजार ८६६ वटा टहरा (अस्थायी आवास) निर्माण भएका छन् । भूकम्पका कारण क्षति भएका करिब ३० हजार घरमध्ये १८ हजार बढी परिवारले टहरा निर्माण गरेका हुन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले आठबिसकोट नगरपालिकामा पाँच हजार ७८५ वटा, चौरजहारी नगरपालिकामा तीन हजार ९१५ वटा, मुसीकोट नगरपालिकामा ४९६, सानीभेरी गाउँपालिकामा पाँच हजार २४०, त्रिवेणी गाउँपालिकामा दुई हजार ४७५ र बाँफीकोट गाउँपालिकामा ९७३ वटा अस्थायी आवास निर्माण भएको बताउनुभयो ।